१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अर्जुन धर्मश्री च्याम्पियन

काठमाडौं- नेपाल ब्यायाम मन्दिरका अर्र्जुन बर्णवाल शुक्रबार चौधौं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको च्याम्पियन बनेका छन्। ८० केजी तौल समूहका विजेता अर्जुन ५० औं एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक जितेका सेप्ट फिटेनसका महेश्वर महर्जनलाई पछि पार्दै च्याम्पियन बनेका हुन्।

शारीरिक सुगठनमा अर्जुनको यो लगातार दोस्रो उपाधि हो। दुई साताअघि उनले पोखरामा बुल्समेन शारीरिक सुठगन च्याम्पियनसिपको उपाधि जितेका थिए। पोखरामा खेल जीवनको पहिलो उपाधि जित्दा उनले पनि महेश्वरलाई नै हराएका थिए।

गत वर्ष धर्मश्री जितेका महेश्वर ८० केजी तौल समुहका च्याम्पियन हुन्। उनले गत महिना भुटानको थिम्पुमा भएको एसियाली च्याम्प्यिनसिपमा पदक जितेका थिए।

उपाधिसहित अर्जुनले ५ लाख रुपैयाँ प्राप्त गरे। महेश्वरले २ लाख रुपैयाँ पाए। तेश्रो स्थानमा रहेका ग्रिनविस फिटनेश झापाका ७५ केजी तौल समूहका उमेश राईले १ लाख रुपैयाँ प्राप्त गरे।

सबै तौल समूहका विजेताबीच भएको समग्र च्याम्पियनसिपमा ब्यायाम मन्दिरका रामहरी खनाल चौथो  भए। उनी ७० केजी तौल समूहको विजेता हुन्। ६५ केजीका विजेता रामबहादुर दाहाल समग्रमा पाँचौं भए। संजीव कुमार श्रेष्ठ (६० केजी) छैटौं र रत्नश्री पोखराका कमल भन्डारी (५५ केजी) सातौं भएका थिए। रामहरीले ८०, रामबहादुरले ७५, सञ्जिवले ६० र कमलले ५० हजार रुपैयाँ प्राप्त गरे।

सबै तौल समूहका दोस्रो हुनेले २५ र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे।

दुई दिने प्रतियोगिताको पहिलो दिन बिहीबार प्रि–जजिङ राउन्डबाट हरेक समूहका पाँच खेलाडी फाइनल चरणका लागि छनोट भएका थिए। उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे।

प्रकाशित: १५ आश्विन २०७३ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App