१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महेश्वरलाई शुभताराको सम्मान

काठमाडौं – दशौं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले शनिबार नगदसहित सम्मान गरेको छ।

शुभताराको २०औं वार्षिक खेलकुद दिवसको समापन अवसरमा शुभताराकी निर्देशक रानी गुरुङ कक्षपतिले महेश्वरलाई नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरी सम्मान गरेकी हुन्।

थाइल्यान्डको चाङमइमा डिसेम्बर ११–१७ तारिखसम्म भएको उक्त प्रतियोगितामा महेश्वरले स्वर्ण जित्दै नेपाली बडिबिल्डिङमा इतिहास रचेका थिए। विश्व च्याम्पियनसिपमा नेपाललाई पहिलो स्वर्ण दिलाएका महेश्वर अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा दोहोरो स्वर्ण जित्ने पहिलो खेलाडीसमेत हुन्।

उनी एसियाली शारीरिक सुगठनमा पनि स्वर्ण जित्ने एक्लो नेपाली खेलाडी हुन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी महेश्वरले खेलकुद दिवसका विजेतालाई पनि पुरस्कृत गरेका थिए।

प्रकाशित: १५ पुस २०७५ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App