१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ल्होसार विदा कटौतीलाई पुनर्विचार गरिन्छ : महासचिव पौडेल

रुपन्देही– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले तमु ल्होसारमा दिँदै आएको सार्वजनिक विदालाई पुनर्बिचार गरिने बताएका छन्। उनले जनताको चाहना विपरित सरकार जान नसक्ने भन्दैं कटौती विदालाई पुनर्बिचार गर्नसक्ने बताए। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले तमु ल्होसारको पूर्व सन्ध्यामा शनिबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महासचिव पौडेलले यस्तो बताएका हुन। 

उनले आन्दोलनको रुपमा ल्होसार मनाएको भएपनि तमुहरुको चाहना र अनुभुति बुझ्न कार्यक्रममा आएको भन्दैं तमुहरुको चाहना हुलाकी भएर प्रधानमन्त्री समक्ष पु-याउने बताए।  तमु लगायत जाति, समुदायका विदा कटौतीमा कसैप्रति लक्षित नभएको उनले जिकिर गरे। पूर्व अर्थमन्त्री समेत रहेका उनले संविधानले सबै प्रकारका विभेद अन्त्यको संकल्प गरेको दावी गरे।

प्रदेश ५ का सांसद भोजप्रसाद श्रेष्ठले संघीयता र पहिचान स्थापित गर्नका लागि संघ, प्रदेश र स्थानीय निकाय हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए। नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेले तमु ल्होसारको विदा कटौतिलाई पुर्न बिचार गर्न र अर्काे वर्ष कालो व्यानरमा ल्होसार मनाएको देख्न नपरोस् भन्ने कामना गरे । 
कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय संरक्षण परिषद्का पूर्व सभापति शेरबहादुर गुरुङ,समितिका वरिष्ठ उपाध्यक्ष रामबहादुर गुरुङ, सचिव ओमप्रकाश गुरुङले सम्बोधन गर्दै ल्होसारमा विदा नदिएकोमा आक्रोश पोखेका थिए। 

प्रकाशित: १४ पुस २०७५ १५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App