१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, दस घाइते

भोजपुर - भोजपुर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु भएकाे छ भने दस जना घाइते भएका छन्।

शनिबार भोजपुर बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुवाहक बसले सदरमुकाम नजिकै देउराली चाेकमा दुर्घटनाग्रस्त हुँदा च्यापिएर एक महिलाकाे मृत्यु भएकाे छ भने बसमा सवार चालकसहित अन्य नाैं जना घाइते भएका छन्। मृत्यु हुनेमा अरुण गाउँपालिका ३, प्याउलीकी ४९ वर्षीया हेम कुमारी कार्की रहेकी छन्। उनकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ। गम्भीर घाइते भएका विष्णुमाया कार्की, दिलमाया कार्की, सिताकुमारी राई र बस चालक आसाराम सरदारलाई थप उपचारका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ। अन्य घाइतेलाई प्राथमिक उपचारपछि घर फर्काइएको अस्पतालले जनाएको छ।

यस्तै भोजपुर नगरपालिका ३, गुप्तेश्वर बलौटेमा ट्रिपरकाे ठक्करबाट एक बालकको घटनास्थलमै ज्यान गएको छ। को १ ख ५८९७ नम्बरको ट्रिपरले ठक्कर दिएपछि भोजपुर नगरपालिका ४, सिद्धेश्वरका १४ वर्षीय रविन खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। ट्रिपर चालक विमल खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

 

प्रकाशित: १४ पुस २०७५ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App