१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पुरुष व्यापारमा, महिला सामाजिक काममा

सामाजिक कामका लागि छलफलमा सहभागी महिला। तस्बिरः डिबी/गरिक

जुम्ला–सिंजाकी बिजकली रोकाया अहिले गाउँकी अगुवा महिला हुन । सवै पुरुष व्यापारका शिलशिलामा घर छाडेर गएपछि उनी सिंगो गाउँ महिलाले धानेको अनुभव सुनाउँछिन् । ‘पुरुष जति धन कमाउन घर बाहिर गईसके,गाउँका सवै कामकाज महिलाले चलाउदै आएका छौँ,’ उनले भनिन्। हिउँदेबालीको खेति गर्नेदेखि घरधन्दाको सवै काम महिलाको जिम्मामा छ। सामाजिक काममा त झन महिला नै अग्रसर हुन्छन्। बर्षायाममा खासै विकास निर्माणका काम हुदैन्न, हिउँदमा हुने विकासका काममा महिलाले मात्र काम चलाउदै आएका छन्।

‘घरका सामान्य कामदेखि विकास निर्माणका कामसम्म सबैमा महिलाले नै गर्छन्,’उनले भनिन्,‘पुरुष व्यापारमा नगए एकसरो फेरिदैन्, एक खाना पुग्दैन् । व्यापारमा जानु रहर नभै बाध्यता हो।’ धन कमाउने बिकल्प छैन्, अशिक्षा, बेरोजगारी र आर्थिक समस्यामा छौँ, बिजकलीले भनिन्,‘सिंजाका पुरुषहरु व्यापारमा छन् भने गाउँको र परिवारको कामकाज महिलाहरुले धानेका छन्। यो समयको जिम्मेवारी हेर्दा महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् उदाहरण दिएका छौँ।’ घरको चुलोचौको देखि बनपाखा धाउने सम्मका सवै ठूला साना काम महिलाहरु आफै गर्दै आएका छन्।

हिमा गाउँपालिका ३ चेमा गाउँका ३८ घरधुरीमध्ये सबै घरका पुरुषहरु व्यापारको लागि तराई झरेका छन । चेमा गाउँजस्तै सिंजा क्षेत्रका सबै गाउँका पुरुषहरु यति बेला व्यापारमा शिलशिलामा जिल्ला बाहिर भएकोले गाउँको नेतृत्व महिलाले गर्दै आएका छन्।  ६ महिनासम्म घरको उत्पादनले थेग्ने भएपनि बाँकी ६ महिनाको लागि व्यापारले धान्छ् ।  ६ महिनाको लागि यहाँका पुरुष सबै कालापहाड जाने गर्दछन् । बालबच्चा पढाउन र घर खर्च टार्नका लागि पुरुषले कहिले कमाएर ल्याउला भनेर आश गर्नुभन्दा कसरी आफै जुटाउन सकिन्छ, भन्नेमा पनि महिलाहरु लागेका छन्।

सिंजा क्षेत्रका पुरुषहरु दशैँतिहार मनाएर व्यापारका लागि झर्ने गर्दछन् ।स्थानीय स्तरमा रोजगारी नपाइने र कृषि पेशा गर्नको लागि पुग्दो मात्रामा जमिन नभएकै कारण भारत जानु पर्ने अवस्था रहेको स्थानीय मुनप्रसाद उपाध्यायले बताए। व्यापारको लागि भारत गएकाहरु खेतिपातिको सिजन सुरु भएपछि मात्रै जुम्ला आउछन्। भारतको उत्तराञ्चल र हिमाञ्चल लगायतका क्षेत्रमा रोजगारी र व्यापारको लागि सिंजाका युवाहरु जाने गरेका छन् । गाउँमा रोजगारीको अवसर नभएको भन्दै उपाध्ययाले घरमा बसेर परिवारको खानाखर्च र लत्ताकपडा फेर्न गाह्रो हुने भएकाले भारत जाने गरेको स्थानीय बताउँछन्।

गाउँमा यतिबेला बुढापाका, महिला र बालबालिकाहरु मात्रै छन्। गाउँमा कोही विरामी पर्दासमेत बोकेर स्वास्थ्य संस्थासम्म लैजान पुरुष नभेटिने सिंजाका स्थानीय बताउँछन्। स्थानीय सरकार गठन भएको डेढ वर्षभइसक्दा पनि आफ्नै ठाउँमा रोजगारीको कुनै संभावना नदेखेका कारण युवाहरु कालापहाड जान बाध्य भएका हुन्। व्यवस्था परिवर्तन भएपनि आफूहरुको दैनिकी नफेरिएको जुम्लाका युवाहरुको भनाइ छ।

 

प्रकाशित: १४ पुस २०७५ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App