१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यौन दुर्घटना राेक्न कण्डम वितरण

सोलुखुम्बु - चाक्चाकुरमा लाग्ने मेलामा युवायुवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका युवाहरुलाई दुई हजार बढि कण्डम वितरण गरिएको हो।

शुक्रबार देखि शुरु हुने खुला फुटबल प्रतियोगिता र चाक्चाकुर मेलालाई ध्यानमा राख्दै स्वास्थ्य चौकी छेस्कामले कण्डम वितरण गरेको स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले जानकारी दिए। चाक्चाकुर मेला १७ गतेसम्म जारी रहने भएकाले मेलाको अवसरमा यूवायूवतीमा हुने सामिप्यताले निम्त्याउने यौन दुर्घटना न्यूनिकरणका लागि अस्थायी साधनको प्रयोगलाई प्रोत्साहन गरिएको गाउँपालिकाले जनाएको छ।

समझदारीमा हुने यौन सम्पर्कबाट हुने अनिच्छित गर्भधारणलाई रोक्ने र सानै उमेरमा हुने विवाहलाई कमी गर्ने उद्देश्यले कण्डम वितरणको अभियान थालिएको स्वास्थ्य शाखाले जनाएको छ। संयोजक आचार्यले यूवाहरुसँग हातेमालो गर्दै कण्डम वितरण गरिएको र चाक्चाकुर अवधिसम्म खुला स्थानमा कण्डमको उपलब्धता गराउने तयारीमा रहेको बताए। उनले होटलहरुमा समेत कण्डम लिन सकिने गरि व्यवस्थापन गरिने बताए। मेलाको अवसरमा हुने यौन क्रियाकलापहरुलाई सुरक्षित बनाउने उद्देश्य रहेको उनको भनाई छ।

मेलाको अवसरमा यूवायूवतीहरुको भागी विवाह हुने चलन पनि रहेको पाकापुस्ताहरु बताउँछन्। तर चेतनाको स्तर बृद्धि भएसँगै भागी विवाहको चलन घट्दै गएको जानकारहरु बताउँछन्। गाउँपालिकाले चाक्चाकुर पर्व मनाउनका लागि भन्दै पुस १५ देखि १७ सम्म स्थानीय विदा दिने निर्णय समेत गरेकाे छ।

प्रकाशित: १३ पुस २०७५ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App