१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जापानी विदेशमन्त्री काेनाे नेपाल आउँदै

काठमाडाैं - जापानका विदेशमन्त्री तारो कोनो नेपाल आउने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनो नेपाल आउने भएका हुन्। उनले पुष २५ देखि २६ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

नेपाल बसाइका क्रममा जापानका विदेशमन्त्री कोनोले राष्ट्रपति तथा प्रधानमन्त्रीसँग समेत शिष्टाचार भेट गर्नेछन्। पौष २५ गते पराराष्ट्रमन्त्री ज्ञवालीले समकक्षि कोनोसँग प्रतिनिधिमण्डलस्तरको भेटवार्ता गर्नेछन्। सोहि दिन उनको सम्मानमा रात्रिभोजको समेत आयोजना गरिने भएकाे छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App