१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्मीद्वारा सरस्वती फराकिलाे गाेल अन्तरले पराजित

काठमाडौं - शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले तालिकाको १०औं स्थानमा रहेको सरस्वती युथ क्लबमाथि ४–० को फराकिलो जित निकाल्यो।

एन्फा कम्प्लेक्स सातदाेबाटाेमा भएको खेलमा सम्मानजनक स्थानका लागि संघर्ष गरेको आर्मीलाई जिताउन कप्तान भरत खवासले दुई तथा नवयुग श्रेष्ठले एक गोल गर्दा सरस्वतीका कादिरी इब्राहिमले एक गोल उपहार दिएका थिए।

छैटौं मिनेटमा नवयुगको गोलबाट अग्रता लिएको आर्मीले ३०औं मिनेटमा भरतको गोलबाट अग्रता दोब्बर पारेको थियो। पहिलो हाफमा २–० को अग्रता लिँदै उच्च मनोबल बढाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो। ६२औं मिनेटमा कप्तान भरतले नै गोल गर्दै अग्रता ३–० मा पुर्याएका थिए।

सरस्वतीका विदेशी खेलाडी कादिरीले ८०औं मिनेटमा आत्मघाती गोल गरेसँगै आर्मीको फराकिलो जित सुनिश्चत बनेको थियो। त्यससँगै आर्मी तालिकामा २१ अंक बटुल्दै चौथो स्थान छ। पराजित सरस्वतीको १० अंक छ।

प्रकाशित: १३ पुस २०७५ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App