१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देशमा संकट आइलाग्दा एमालेमा गुटबन्दी बढ्योः खनाल

इटहरी–एमाले वरिष्ठ नेता झलनाथ खनालले जबजब देशमा संकट आइलाग्छ त्यति नै बेला पार्टीभित्र गुटबन्दी मौलाउने गरेको बताएका छन् ।

‘एमाले जब एकताबद्ध हुन्छ पार्टीमा राम्रो रिजल्ट त आउँछ नै देशमा समेत राम्रो हुने गर्छ, जब देशमा संकट हुन्छ त्योबेला पार्टीभित्र गुटबन्दी हाबी हुन्छ,’ इटहरीमा एमालेले आयोजना गरेको प्रदेश नं. १ स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले शुक्रबार भने । उनले समस्या समाधान गर्ने आसावादी पार्टीभित्र गटबन्दीको अन्त्य हुनुपर्ने बताए ।
 

‘आसावादी पार्टीभित्र गुटबन्दी बढ्नुले नेपालको इतिहासको दुःखको परिस्थिती हो,’ उनले भने, ‘एमालेभित्र गुटबन्दी बढेकै कारण उग्रबामपन्थीले टाउँको मात्र नउठाएर सारा देशमै हिंसा र आतंक मच्चायो । अनि पछिल्लो समय पनि देशीविदेशी चलखेल बढेकोले सचेत भएर एकढिक्का हुनपर्ने छ ।’

पछिल्लो समय पार्टीले आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि पारित गरिएको १० बुँदे प्रस्ताव पालना गरेमा स्वच्छ प्रतिस्पर्धा हुने आशा उनले गरे । पार्टीको केन्द्रीय कमिटी बैठकले आन्तरिक प्रतिस्पर्धा गुटगत रुपमा परिचालन गर्ने नेता र कमिटीलाई कारबाही गर्ने सँगै १० बुँदे प्रस्ताव पारित गरेको  छ।
नेता खनालले अहिलेको सरकारको कार्यशैलीको कडा आलोचना गर्दै यही गतिमा अघि बढेमा इतिहासकै ‘राष्ट्रघाती सरकार’ हुने जिकिर गरे ।

प्रकाशित: १४ आश्विन २०७३ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App