१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

चेम्जोङको ‘शिरिमा सिरी’

काठमाडौं – गायक हेमन्त चेम्जोङको ‘शिरिमा सिरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पहिलो एल्बम ‘प्रभाव’ निस्किएको १२ वर्ष पछि दोस्रो एल्बम ‘भाव’ ल्याएका चेम्जोङले यही एल्बमको गीतको भिडियो सार्वजनिक गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन छ।

पाँचथरको साधुटार र आसपासको क्षेत्रमा सुटिङ गरिएको भिडियोमा रोविन विष्ट र सुप्रिया विष्टले अभिनय गरेका छन्। भिडियोको निर्देशन देवजंग थापाले गरेका हुन्। गायक चेम्जोङले गाउँमा बस्दा देउसीभैलोमा गितार बजाउँदै गाइने गीतलाई रेकर्ड गरेर भिडियो बनाएको बताए। पेशाले इन्जिनियर चेम्जोङ धनकुटाको मौनाबुधुक निवासी हुन्। उनले गायक तथा संगीतकार कृष्णभक्त राईसँग संगीत सिकेका छन्।

प्रकाशित: १३ पुस २०७५ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App