नागरिक भिडियो प्रभाव

मलेसियामा दुबै मृगौला फेल भएका राजकुमारलाई जुट्न थाल्यो आर्थिक सहयोग

बिहिबार, १२ पुष २०७५, १३ : २१ नागरिक

काठमाडौं – दुबै मृगौला फेल भएर पाटन अस्पतालमा डायलासिस गर्दै आएका काभ्रे मण्डनदेउपुरका राजकुमार मगरलाई मलेसियामा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन्।

रोजगारीका लागि मलेसिया गएका राजकुमारको विदेश यात्रालाई समेटेर नागरिक नेटवर्कले कार्यक्रम “डलरको कथा” निर्माण गरेको थियो। सोहि कार्यक्रम हेरेर मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरूले आर्थिक संकलन गरेर पठाएको ३१ हजार आफूले पाएको पीडित राजकुमारले जानकारी दिए। रोजगारीका लागि मलेसिया गएका राजकुमारको दुबै मृगौलाले काम नगरेपछि नेपाल फर्किएर उनी अहिले दिन बिराएर डायलासिस गर्दै छन्।

उपचारका क्रममा राजकुमारको ८ लाख खर्च भइसकेको छ। नेपालमा स्वास्थ्य परीक्षणमा पास भएर मलेसिया गएका राजकुमार त्यहाँ गरिएको स्वास्थ्य परीक्षणमा पनि पास भएर काम गर्न थालेका थिए। तर काम गर्न थालेको साढे ४ महिनापछि शरिर सुनिने, हात गोडाका नङ् सेता हुने, वान्ता हुने, र काम गर्ने आट हराएर गएपछि उनी अस्पताल भर्ना भएका राजकुमारलाई डाक्टरले मृगौलामा  समस्या देखाइदिएका थिए। तर, राजकुमार कार्यरत कम्पनीले उनको पीडा नदेखेपछि उनी आफ्नै खर्चमा नेपाल फर्किए। पीडित राजकुमारलाई सहयोग गर्न चाहनेले ९८१९४३३९७२,०१-४२१८५८५  मा सम्पर्क गर्न सक्नुहुन्छ ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...