१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘गरुड पुराण’ ट्रेलर

काठमाडौं – आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ। ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरूको परिवारले गर्ने संघर्षको कथा उठाइएको ट्रेलर सोमबार राजधानीमा पत्रकारमाझ सार्वजनिक गरियो।

फिल्मका निर्देशक सुवास कोइरालाले विवाहको मौसम पारेर माघमा फिल्म रिलिज गर्न लागिएको बताए। ‘फिल्ममा विवाहमा बाजा बजाउनेहरूको कथा भएकाले फिल्मलाई विवाहको मौसम पारेर माघ ४ मा रिलिज गर्न लागेका हौं’, उनले भने, ‘फिल्म हास्य प्रधान छ। दर्शकले फिल्मबाट पूर्ण मनोरञ्जन लिनुहुनेछ।’ ट्रेलरमा नायक नाजिर हुसेनलाई विवाहमा बाजा बजाउने दलित युवाको भूमिकामा देखाइएको छ। अभिनेत्री लुनिभा तुलाधर नाजिरकी कन्जुस र झगडालु माइजुको भूमिकामा छिन्।

ट्रेलरमा फिल्मका कलाकारहरू कर्मा, कामेश्वर चौरासिया, प्रविण खतिवडा र नवनायिका प्रियंका सिंह पनि फिचर्ड छन्। फिल्ममा जान्हवी बोहोरा, कमल देवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टको पनि अभिनय छ। अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा कसम नेपालको कथा, विनोद खतिवडा, आकाश बराल र निर्देशक सुवासको पटकथा र आकाशको सम्बाद छ। फिल्ममा सुसन प्रजापतिको छायांकन, रेनाशा बान्तवा राईको कोरियोग्राफी, उज्ज्वल ढकालको सम्पादन छ।

प्रकाशित: १२ पुस २०७५ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App