रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरू

बिहिबार, १२ पुष २०७५, ०८ : ५० नागरिक

रामेछाप – एक वर्षदेखि काठमाडौंमा बसेर मिर्गाैलाको नियमित डायलासिस गराइरहेका रामेछापको खाँडादेवी गाउँपालिका–६, माकादुमका ३० वर्षीय मविन्द्र तामाङले बुधबारदेखि यो सेवा जिल्लामै पाएका छन्। सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालले जिल्लामै पहिलोपटक डायलासिस सेवा सुरु गरेको हो।

उपचारका लागि काठमाडौं बस्नुपर्ने झन्झटबाट आजित मिर्गाैला रोगी तामाङ जिल्लामै डायलासिस गराउन पाएपछि दंग छन्। जिल्लामै यो सेवा लिने पहिलो व्यक्ति पनि तामाङ नै बनेका छन्। राष्ट्रिय मिर्गाैला रोग उपचार केन्द्र (काठमाडौं)को संयोजन तथा चुजी फाउन्डेसन (मलेसिया) को सहयोगमा रामेछापमै पहिलोपटक डायलासिस सेवा सञ्चालन भएको हो।

‘काठमाडौंमा उतै बसेर उपचार गराउनुपर्ने हुन्थ्यो,’ डायलासिसपछि हर्षित हँुदै तामाङले भने, ‘अब त बिहान गएर उपचार गराई बेलुका घरमै फर्कन पाइने अवस्था बन्यो।’ उनका अनुसार उपचारभन्दा पनि काठमाडौं बसाइ खर्चिलो थियो। अब जिल्लामै उपचार गराउन पाउने भएपछि खर्चसमेत धेरै घट्ने उनले बताए। अबदेखि जिल्लाका अन्य मिर्गाैला रोगीले आफूलेजस्तो डायलासिसका लागि ठूलो खर्च गरेर राजधानी धाउनुपर्ने बाध्यता हटेको उनी बताउँछन्।

तामाकोशी सहकारी अस्पतालले अहिले पाँचवटा डायलासिस मेसिन राखेर सेवा दिन थालेको छ। एक दिनमा १५ जनासम्मको डायलासिस गर्न सकिने अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। यो सेवाले रामेछापसहित आसपासका दोलखा, ओखलढुंगा, सिन्धुलीलगायत जिल्लाका मिर्गाैला रोगीहरू पनि लाभान्वित हुने भएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

Ncell Footer Ad