१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

शेयर बजारमा उछाल, ३० अंकले बढ्याे नेप्से

काठमाडौं- धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । कारोबार मापक नेप्से परिसूचक ३०.२६ अंकले बढेर १२ सय १६.२७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएकाे छ। 

बुधबार ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज ६.४१ अंकले बढेर २५८.८२ विन्दुमा पुगेको छ।

स्टकका अनुसार आज कूल १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयरहरू ६९ करोड २६ लाख २३ हजार ७४६ मूल्यमा खरीद बिक्री भएका छन्। आज कारोवार भएका सबै उपसमूहको शेयर वृद्धि भएको छ । सबैभन्दा धेरै जीवन बीमा ४४३.५, निर्जीवन बीमा २४५.०६, बैंकिङ १८ दशमलव ५४, व्यापार १३ दशमलव ६९, होटल ६५ दशमलव ६२, विकास बैंक २० दशमलव ६९, जलविद्युत् १९ दशमलव ३४, वित्त ८ दशमलव १२, उत्पादन १९ दशमलव दुई, अन्य १५ दशमलव ८७, माइक्रोफाइनान्स ५० दशमलव २१, र बिन्दुले उकालो लागेको छ ।

 

प्रकाशित: ११ पुस २०७५ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App