१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मार्सी चामलकै मुल्यमा बिक्छ चिनोको चामल

तस्बिर : डिबी/नागरिक

जुम्ला - तिला गाउँपालिका ४ का करसिंह थापा चिनो खरिदमा व्यस्त छन्। उनी चिनो खरिद गरेर गाउँकै ओखलमा फलेर चामल प्रशोधन गर्छन। त्यो चामल खलंगा बजार ल्याउछन् र बेच्छन्। यो उनको दैनिकी जस्तै बनेको छ।

उनी पछिल्लो समयमा चिनोको चामलको महत्व दर्साउँदै लोप हुँदै गईराखेको चिनो खेतिमा किसानलाई हौस्याउँदैछन्। उनले भने, “पहिले चिनो लगाउने खेत बाझै देखिन्छन्। बजारमा चिनोको चामलको माग तिब्र बढेको देखिन्छ। तैपनि गाउँका कुना कन्दरा भित्र पसेर बर्षेनी थोर बहुत चिनोको चामल बजारमा ल्याउँछु।” उनका अनुसार सडकले जोडिएको बस्ती भन्दा पनि नजोडिएको बस्ती तिर चिनोको खेति बढी गर्ने गरेको पाईन्छ। 

उनले गाउँबाट खरिद गरेको चिनोको चामल जुम्ला सदरमुकाम खलंगामा रहेको कोशेली घरले खरिद गर्छ। कोशेली घरबाट यो चामल कोशेलीकै रुपमा आन्तरिक तथा बाह्य पर्यटकले लैजान्छन्। यो चामल हेर्दा उनीहरु आश्चर्य मान्छन्, स्वाद लिन्छन् र परिवार तथा आफन्तजनलाई पनि लैजान्छन्। अधिकांस पर्यटकले यहाँका होटलमा चिनोको चामलको भात र खिर पनि पकाउन लगाएर स्वाद लिन्छन्। कोशेली घरका सञ्चालक गोबिन्द आचार्य चिनोको चामलको मुल्य प्रतिकेजी एक सय ५० रुपैयाँ पर्ने बताउँछन्। उनले भने,“किसानबाट एक सय ३० रुपैयाँमा खरिद गरेर यहाँबाट एक सय ५० रुपैयाँमा बेच्दै आएको छु। यहाँ चामलको प्याकेजिङ र लेबलिङ गर्ने काम समेत हुन्छ।" यो चामल अहिले पर्यटकका माध्यमबाट पुर्व देखि पश्चिम सम्मका सबै सहरमा पुगिसकेको आचार्य बताउँछन्। उनले भने,“चिनोको चामलको प्रभावकारी प्रचार प्रसार हुन सकेको छैन्, तैपनि कालीमार्सी जत्तिकै बजार लिन थालिसकेको छ।" अहिले जुम्लामा कालीमार्सी चामलको मुल्य प्रतिकेजी एक सय ५० रुपैयाँ नै छ।

जुम्लामा उत्पादन हुने चामल मध्ये मार्सीचामल महंगो हो। त्यो जतिकै मुल्यमा चिनोको चामल बिक्रि भईरहेको छ। कोशेली घरमा ८ क्वीन्टल चिनोको चामल खरिद गरेर राखिएको छ।  जुम्लाका एक नगरपालिका सहित ७ वटै गाउँपालिकामा चिनोको खेति गरिन्छ। नजिकैको तिर्थ हेला भने झै यहाँका स्थानीयले चिनोको चामल रुचाउँदैनन्। यो बालीलाई हेला गर्छन्, यसको महत्वको बारेमा जानकारी लिन चाहदैनन्, तर पोषणका हिसावले चिनाेकाे चामल निकै उत्तम मानिदै आएको कृषि विज्ञ बताउँछन्। तिला गाउँपालिकाको रारा र चन्दननाथ नगरपालिकाको तलिउम क्षेत्र चिनो खेतिको पकेट क्षेत्र मानिदै आएको छ। 

"चिनोको दाना फलेर चामल निकालिन्छ, सुगर रोगीलाई अनुकुल खानाको रुपमा हेरिन्छ", तिला ४ का थापाले भने,“गाउँकै ओखलमा फलेर ल्याउँदा स्वादिष्ट पनि हुन्छ।" पछिल्लो ६ महिनामा ३ क्वीन्टल चिनोको चामल बिक्रि भएको छ।

चिनोले बजार पाउन थालेपछि किसान चिनो खेति गर्न उत्साहित हुन थालेका छन्। चिनोको चामल अहिले पर्यटकको रोजाई बन्न थालेपछि कृषि ज्ञान केन्द्र जुम्लाले चिनो खेतिलाई किसानको जीवनस्तर उकास्ने हिसावले खेति गर्न सुझाउन थालेको छ। जिल्ला कृषि ज्ञान केन्द्र जुम्लाका सुचना अधिकारी बालकराम देवकोटाले वार्षिक ७० टन चिनो उत्पादन हुने गरेको बताए। किसानले चिनोको उत्पादन सँगै बजार खोजिनु पर्ने माग गरेका छन्। 

 

प्रकाशित: ११ पुस २०७५ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App