१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक

खोटाङ-सडक दुर्घटना न्यूनीकरण गर्न खोटाङमा बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक लगाइएको छ ।

निरन्तरको वर्षाका कारण जिल्लाका सडकको अवस्था खराब बनेका कारण बेलुका ७ बजेपछि यात्रुबाहक बस तथा जिप चलाउन रोक लगाइएको हो ।

यातायात व्यवसायीकै उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सडक यातायातलाई सुरक्षित र यात्रुमैत्री बनाउन भन्दै रातका समयमा गाडी नचलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । सडक यातायातलाई सुरक्षित बनाउन ‘टाइमकार्ड’को समेत व्यवस्था गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

यस्तै, दसैँ र तिहारलाई लक्षित गर्दै खोटाङका प्रमुख सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । वर्षाका कारण अवरुद्ध सडकमध्ये दिक्तेल–हलेसी सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।

सडक कालोपत्रेको प्रारम्भिक चरणको काम गरिरहेकै ठेकेदार कम्पनीलाई बिग्रेका सडकखण्ड मर्मत गर्ने जिम्मा दिइएको प्रजिअ कार्कीले जानकारी दिए । अहिले जिल्लाका सबैजसो सडक वर्षाका कारण अवरुद्ध छन् । रासस

प्रकाशित: १४ आश्विन २०७३ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App