१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

शिवम् सिमेन्टको ‘मजबुत निर्माणमा गुणस्तरीय सिमेन्टको भुमिका’ गोष्ठी

काठमाडौं– शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मजबुत निर्माणमा गुणस्तरीय सिमेन्टको भुमिका’ विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

पूर्वको गौरादहमा आयोजित गोष्ठीमा निर्माण व्यवसायी, ठेकेदार, मिस्त्री, इन्जिनियर लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट प्राविधिक विज्ञ आनन्द चतुर्वेदीले सिमेन्टको गुणस्तरको बारेमा जानकारी प्रदान गराउनुको साथै सिमेन्टलाई कंक्रिट र प्लास्टरमा सहि तरिकाले प्रयोग गर्न प्राविधिक ज्ञान तथा ओपिसी सिमेन्टको फाइदा र विशेषताको बारेमा जानकारी गराएका थिए। साथै सहभागिबाट सिमेन्टको ग्रेड, गुण र निर्माण सम्बन्धी उठेका जिज्ञासालाई पनि प्रष्ट पारेका थिए।

कुनै पनि निर्माण बलियो बनाउन राम्रो बालुवा कसरी छान्ने, राम्रो इट्ठा कसरी छान्ने, राम्रो सिमेन्ट कसरी छान्ने आदि जस्ता विषयमा पनि छलफल गरिनुको साथै सरल प्राविधिक विधी बारेमा मिस्त्रीलाई जानकारी गराइएको थियो।  

कार्यक्रममा उपस्थित सहभागिहरुले यस कार्यक्रमबाट आफ्नो कार्यदक्षतामा प्रभावकारी सहयोग हुने भन्दै शिवम् सिमेन्टलाई धन्यवाद ज्ञापन गरेका थिए।

उक्त गोष्ठीमा गुणस्तरीय भौतिक संरचना निर्माणको लागि सिमेन्टको गुणस्तर उच्च रहनुपर्ने कुरालाई मध्यनजर गर्दै यस्ता सचेतनामुलक कार्यक्रम आगामी दिनमा समेत देशभरी नै संचालन गर्दै जाने जानकारी गराइएको थियो। 

शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रमाइजको नारासहित विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। 

प्रकाशित: १० पुस २०७५ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App