१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच लाख नगदसहित ठमेलबाट ७ जुवाडे पक्राउ

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले ५ लाख रुपैयाँसहित ७ जुवाडेलाई ठमेलबाट पक्राउ गरेको छ। 

सोमवार क्रिसमस इभको अवसर पारेर ठमेलस्थित भोजराज सिलवालको जस्ताको टहरामा अवैध रुपमा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर ७ जनालाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्। 

जुवाखालबाट प्रहरीले ४ लाख ९७ हजार ८३५ रुपैयाँ नगद र तास १ बुक बरामद गरेको छ। 

प्रकाशित: १० पुस २०७५ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App