१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आगलागी हुँदा जलेर महिलाको मृत्यु

उर्लाबारी - मोरङको उर्लाबारी नगरपालिका–७ मा साेमबार साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ।साँझ साढे ६ बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

आगलागीको समयमा घरमा ८४ वर्षीय ससुरा रामबहादुर र बुहारी रिना रहेका थिए। रामबहादुरलाई स्थानीयवासी र प्रहरीले उद्धार गरे पनि बुहारी कोठामा चुकुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।आगलागीबाट फुस र टाटीको बेराले बनेको घर जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए। आगोलाई झापाको दमकबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।रासस

प्रकाशित: ९ पुस २०७५ १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App