१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल २० स्वर्ण सहित टिम च्याम्पियन

भारत - भारतको मुम्बईमा पुष ७ र ८ गते सम्पन्न एसिया कप चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको टिम काता र कुमेत तर्फ गरि २० स्वर्ण र २ रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको छ।

नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले मुम्बईबाट दिएकाे जानकारी अनुसार नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले जुनियर खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले सहभागिता गराएको प्रतियोगितामा सोनिम मानन्धरले तीन स्वर्ण हात पारे। उनले जुनियर ४५ केजी तौल समूहको कुमिते, जुनियर काता र सिनियर तर्फको कातामा गरि तीन स्वर्ण हात पारे।

राष्ट्रको लागि स्वर्ण जित्ने क्रममा सञ्जु देशारले ३५ केजी कुमिते तथा यु–१३ काता गरि दुई स्वर्ण, मुना शाक्यले ४० केजी कुमिते र यु –१४ काता दुवैमा स्वर्ण हात पारे। यस्तै दुई स्वर्ण हात पार्नेमा अश्मिता राई, रश्मी पाण्डे, बिमला नेपाली र हृषभ राज गिरी रहेका छन्। अश्मिताले ५५ केजी कुमिते र यु –१५, रश्मीले ४५ केजी कुमिते र यु –१६ काता, बिमलाले सिनियर ४५ केजी कुमिते र सिनियर काता तथा हृषभले यु–१६ ५५ केजी कुमिते र कातामा स्वर्ण हात पारे।

सूर्य बिक्रम भण्डारी र राजकुमार श्रेष्ठले एक स्वर्ण र एक रजत हात पारे। सूर्यले यु–१५ केजी कुमितेमा स्वर्ण र कातामा रजत पाए। राजकुमारले सिनियर ६७ केजी तौलको कुमितेमा स्वर्ण र खुल्ला कातामा रजत पाए।

यसैगरि सिनियर तर्फ अंकित गुरुङ्गले ५० केजी, सुविना खत्रीले ५५ केजी र अनिष लामाले ६० केजी कुमितेमा स्वर्ण हात पार्दै नेपाललाई टिम च्याम्पियन बनाउन सफल भए।

नेपाल खेलकुद विज्ञान प्रतिष्ठाने २०७२, ७३ र ७४ सालमा केन्द्रीय राष्ट्रपती रनिङ्ग शिल्डमा स्वर्ण हात पार्ने खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नतिजामूलक उपलब्धि हासिल गर्ने तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले पहिलो पटक कराते खेलाडीहरुलाई मुम्बईमा आयोजना भएको प्रतियोगितामा सहभागी गराएको हो।

नेपाली टोलीले पहिलो सहभागितामा नै यती राम्रो नतिजा हात पार्न सफल भएको नेपाली टोली नेता सानका उपनिर्देशक एवं कराते प्रशिक्षक तुलसी कुमार महर्जनले बताए। मुम्बई गएको टोलीमा खेलाडीका अलावा प्रशिक्षकमा रामकृष्ण खड्गी, निर्णायकमा एसियन प्यासिफिक तथा सितेरियो कराते रेफ्रि रविन्द्र मानन्धर, रेफ्रि उमेश गुरुङ्ग र सचिन चौलागाई तथा अफिसियलमा बिकास विक्रम शाह रहेका थिए।

प्रकाशित: ९ पुस २०७५ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App