१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालद्वारा युनिफिकेसन पिस फेडेरेसनको बचाउ

काठमाडौं - नेपाल कम्युनिस्ण्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक तीन दिनका लागि स्थगित भएको छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यव्यस्तताको कारण देखाउँदै तीन दिनका लागि बैठक स्थगित गरिएको हो।

आइतबार बिहान बसेको स्थायी कमिटी बैठकबाट ४ः३० बजे पुनः बस्नेगरी स्थागित भएको थियो। तर महासचिव विष्णु पौडलले अध्यक्षद्वयको कार्यव्यस्तताको कारणले ११ पुसमा मात्रै बैठक जानकारी गराएका छन्। मंसिर २९ गतेबाट जारी बैठकमा अध्यक्षद्वय ओली र दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले प्रश्नसहित आ–आफ्नो धारणा राखेका थिए। आइतबार बिहानसम्म सबै सदस्यहरूले आफ्ना धारणा राखेपछि अपराह्न साढे ४ बजे बस्ने भनिएको बैठकमा ओली र दाहालले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यतालिका थियो। तर उनीहरूले कार्यव्यस्तता कारण देखाएपछि बैठक स्थगित भएको थियो।

आइतबार बिहान बसेको बैठकमा स्थायी कमिटी सदस्य एवं वरिष्ठ नेता माधवकुमार नेपाल र परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले आफ्ना धारणा राखेका थिए। बैठकमा वरिष्ठ नेता नेपालले एसिया प्यासिफिक समिट आयोजना र त्यसमा आफ्नो सहभागिताबारे जवाफ दिँदै कार्यक्रम आयोजना गरेर कुनै गल्ती कमजोरी नभएको दाबी गरेका थिए। सो समिटबारे नेकपाको स्थायी कमिटी बैठकमा विरोध भएपछि आइतबार बिहान उनले युनिफिकेसन पिस फेडेरेसन संस्था नराम्रो नभएकोसमेत दाबी गरे।

नेपालले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र आफू दुईजनाको सल्लाहमा कार्यक्रम भएको समेत जानकारी गराउँदै कार्यक्रममा सहभागी भएर कुनै गल्ती भएको स्पष्टीकरण दिएका थिए। ‘हामीलाई क्रिश्चियन धर्मको अनुयायी जस्तो गरी आलोचना गरियो त्यस्तो हुँदै होइन, यो संस्थाको कार्यक्रममा आफू मात्र नभई यसअघिका प्रधानमन्त्री पनि सहभागी हुँदै आएका छन्। कृष्णप्रसाद भट्टराईको पालादेखि नै यो संस्थाको कार्यक्रम नेपालमा हुँदै आएको छ,’ नेता नेपालले भने। बैठकमा नेताहरू नारायणकाजी श्रेष्ठ, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुषाल, रघुजी पन्त, अग्नि सापकोटालगायतका नेताहरूले सम्मेलनमा नेपालको सहभागितालाई लिएर आलोचना गरेका थिए। सो बैठकमा महासचिव विष्णु पौडेलले यसअघिको बैठकमा उठेका विषयवस्तुलाई समेटेर लिखित सुझाव पेस गरेका थिए। उनले अध्यक्षद्वयले नश्लका आधारमा पार्टी सञ्चालन नगरेको दाबीसहित पार्टीभित्र गुटबदी छ भन्नु सर्वथा गलत रहेको भन्दै अध्यक्षद्वयको बचाउ गरेका छन्।

प्रकाशित: ९ पुस २०७५ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App