१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रियल मड्रिडलाई कीर्तिमानी चौथो पटक क्लब विश्वकपको उपाधि

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिडले कीर्तिमानी चौथो पटक क्लब विश्वकप फुटबलको उपाधि कब्जा गरेको छ। युएईको आबुधावीमा शनिबार राति सम्पन्न फाइनल खेलमा घरेलु टोली टिम अल ऐनलाई ४–१ ले हराउँदै रियल लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भएको हो। रियलले यसअघि सन् २०१४, २०१६ र २०१७ मा क्लब विश्वकपको उपाधि जितेको थियो।

खेलको १४औं मिनेटमा करिम बेन्जेमाको पासमा लुका मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। क्रोएसियन स्टार मोड्रिचले रियलबाट अहिलेसम्म १५ उपाधि जितिसकेका छन्। तर, फाइनलमा भने उनको यो पहिलो गोल हो।

पहिलो हाफमा १–० को अग्रता लिएको रियल दोस्रो हाफमा अझ सशक्त बन्यो। ६० औं मिनेटमा मार्कोस लोरेन्टेले २५ यार्ड टाढाबाट उत्कृष्ट भलिगोल गरेपछि रियलले अग्रता दोब्बर बनायो। ७८औं मिनेटमा कप्तान सर्जियो रामोसले लुका मोड्रिचको कर्नरमा हेड गोल गर्दै अग्रता तेब्बर पारे।

८६औं मिनेटमा शुकासा शिओटानीले गोल गर्दै रियलसँगको दुरी कम गरेका थिए। तर, इन्जुरी समयमा नादेर मुस्तफा अलसरिफले आत्माघाती गोल गरेपछि रियलले ४–१ को जितका साथ लगातार तेस्रो पटक उपाधि हात पार्यो।

प्रकाशित: ८ पुस २०७५ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App