१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपाल तेस्रोपटक शान्ति निर्माण आयोगको सदस्य

काठमाडौ - नेपाल संयुक्त राष्ट्र संघअन्तर्गतको शान्ति निर्माण आयोगको सांगठानिक समितिको सदस्यमा निर्वाचित भएको छ। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा व्यवस्थापनका क्षेत्रमा योगदान दिएबापत नेपाल एसिया प्रशान्त क्षेत्रबाट सर्वसम्मत ढंगले संयुक्त राष्ट्रसंघ महासभामा निर्वाचित भएको हो।

१ जनवरी ०१९ बाट लागु हुनेगरी नेपाल सदस्यमा निर्वाचित भएको हो। यसको कार्यावधि दुई वर्षको हुनेछ। संयुक्त राष्ट्रसंघ मातहतमा शाान्ति स्थापनार्थ शान्ति सेनामार्फत योगदान दिने मुलुकमा नेपाल पाचौँ स्थानमा पर्छ। आयोगमा नेपालसहित इजिप्ट, ग्वान्टेमाला, केन्या र मेक्सिको पनि महासभा वर्गमा आयोगमा निर्वाचित भएका हुन्।

यसअघि नेपालले शान्ति निर्माण आयोगमा सन् २००८ देखि ०१० र २०११ देखि ०१५ सम्म दुई पटकसम्म सदस्यका रूपमा काम गरिसकेको छ। सन २०१० मा आयोगबाट सिकेको अनुभवका आधारमा नेपाललाई कार्यदलको अध्यक्षको जिम्मेवारी सुम्पिएको थियो। नेपालले तेस्रो पटक यो अवसर पाएको छ।

३१ सदस्यीय शान्ति निर्माण आयोग सन २००५ मा स्थापना भएको संस्था हो। यसले द्वन्दबाट प्रभावित मुलुकहरुमा शान्ति निर्माणका लागि एकीकृत, सामरिक र सुसंगत दृष्टिकोणलाई प्रवद्र्धन गर्दै पुननिर्माण र संस्था निर्माणका लागि सहयोग गर्ने छ। आयोगले शान्ति निर्माण र शान्ति कायम बनाई राख्न महासभा र सुरक्षा परिषद्लाई सल्लाह पनि दिने गर्छ।

प्रकाशित: ८ पुस २०७५ ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App