१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रथम मेयर कप भलिबल प्रतियोगिता सम्पन्न

तस्बिर : माेहन/नागरिक

स्याङ्जा - वालिङ नगरपालिकाद्वारा पुष ५ देखि ७ गते सम्म आयोजित प्रथम मेयरकप रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर चारले जितेको छ। शनिबार भएको फाइनल खेलमा वडा नम्बर ४ (साविक एलादी)  ले १२ (साविक सिर्सेकोट) लाई हराउँदै उपाधि हात पारेकाे हाे।

फाइनल खेलमा वडा नम्बर ४ ले १२ लाई सोझो सेटमा हरायो। पहिलो सेट २५–२१, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले वडा नम्बर चार विजयी भएकाे हाे। प्रतियोगिताको विजेता वडा नम्बर ४ ले नगद ३० हजार रुपैयाँ, रनिङ शिल्ड, मेडल तथा प्रमाण–पत्र र उपविजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्‍याे। यसैगरी खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरे बापत वडा नम्बर १२ का बोम बहादुर डाला मगर उत्कृष्ट खेलाडी छनिए। वेस्ट डिफेन्स शिशिर गुरुङ (४), बेस्ट सर्भर भुपेन गुरुङ (४), बेष्ट सेटर मुक्तिमान गुरुङ (४), बेस्ट स्पाइकर बिशाल गुरुङ (१२), बेस्ट ब्लकर गंगा सिंजाली (१०) भए। उनीहरुले ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरे।

प्रकाशित: ७ पुस २०७५ १४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App