दाङ बस दुर्घटना : जिल्लाका ११ जनाले ज्यान गुमाएपछि शाेकमा डुब्याे जुम्ला

शनिबार, ०७ पुष २०७५, १८ : १५ डिबी बुढा

जुम्ला - दाङ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट शैक्षिक भ्रमणमा गएको टोली चढेको बस दुर्घटनाले जुम्ला शोकमग्न छ। सो दुर्घटनामा परेर जुम्लाका ११ जनाले ज्यान गुमाएका छन्। ४ जना घाइते छन्।  मृतक ११ जना मध्ये ८ जनाको शव नेपाली सेनाको हेलिकप्टरले जुम्ला पुर्‍याएको छ। 

जुम्ला विमानस्थलमा शव बुझ्नको लागि आफन्तजनको घुईचो लागेको थियो। बस दुर्घटनामा भएको क्षतिले जुम्लालाई ठुलो क्षति पुर्‍याएको छ। दुर्घटनामा परेर मृत्यु हुनेमा जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ वर्षीया कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ वर्षीय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ घर भएका २० वर्षीय वीरेन्द्र कडारा, जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ वर्षीया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ वर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ वर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय, जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ वर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री, जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन्।

जुम्लाबाट फरेस्टी अध्ययन गर्न भनेर गएका विद्यार्थीको सपना अधुरै रह्यो। तिला गाउँपालिका २ का कल्से रावत ठुलो मेहनतका साथ पढ्न पठाएको स्मरण गर्दै दुर्घटनामा परेर ज्यान गुमाएको खवरले निकै दुखि बनाएको बताउँछन्। उनका आफन्त पर्ने तिला गाउँपालिका १ का जंगबहादुर बुढाको दुर्घटनामा निधन भएपछि अहिले गाउँ शोकमा छ। घरपरिवारमा रुवावासी छ। जंगबहादुरले जुम्ला सदरमुकाम खलंगाको रत्नचुडेश्वर माविमा शिक्षा संकायमा फारम भरेर अध्ययन गरिरहेका थिए। तर फरेस्टी अध्ययनका लागि विज्ञापन खुलेको जानकारी पाएपछि उनी संकाय नै परिवर्तन गरेर दाङ पढ्न गएका हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख सिताराम रिजालले विमानस्थलमा शव आफन्तले बुझेकाे बताए।

 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad