पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड

शनिबार, ०७ पुष २०७५, १७ : ०५ नागरिक

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो। पार्र्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ स्थायी कमिटी सदस्यले विचार राखेका छन्।

आजको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खानाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणि पोखरेलले धारणा राखेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आजको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले हालै अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा गरेको अमेरिका भ्रमण र दुईपक्षीय वार्ताको बारेका जानकारी गराएका थिए। परराष्ट्रमन्त्रीको भ्रमण र वार्ता अत्यन्त सकारात्मक र फलदायी भएको बैठकलाई जानकारी दिनुभएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे। यता वरिष्ठ नेता झलनाथ खनालले बैठकमा नेताले बोल्ने क्रम समाप्त भएकाले प्रतिवेदनउपर अध्यक्षद्वयले आफ्नो धारणा राखेपछि प्रतिवेदनको टुङ्गो लगाइने बताए।

गत मङ्सिर २९ देखि भएको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल चलिरहेको हो। प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन्। बैठकमा सरकारका कार्यसम्पादनका बारेमा नेताले धारणा राखेका छन्। अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव दिएका छन्।

प्रतिवेदनउपर छलफल चलिरहँदा नेताबाट प्राप्त सकारात्मक सुझावलाई सम्बोधन गरेर समृद्ध बनाउँदै भए गरेका कामको सबल र कमीकमजोरीका पक्षलाई केलाएर आम पार्टी पङ्क्ति र कार्यकर्तालाई उत्साहित ढङ्गले बाँकी कार्यभार पूरा गरेर अघि बढ्ने बैठकले निष्कर्ष निकाल्ने नेता विश्वकर्माले उल्लेख गरे।

नेता छविलाल विश्वकर्माका अनुसार भोलिको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही विषयमा समय माग गरेर बोल्ने कार्यक्रम छ। उनले पार्टी एकीकरणलाई अविलम्ब टुङ्ग्याउनुपर्ने अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै सरकारका काम कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने पनि बैठकले निचोड निकाल्ने बताए।

साथै सरकारलाई घाइतेको उपचार र पीडितप्रति समवेदित हुँदै गर्नुपर्ने काम उपयुक्त ढङ्गले तीव्र पार्न पनि अनुरोध गरेको छ।

यसैबीच नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले बैठकपछि विज्ञप्ति जारी गरेर गत मङ्सिर २९ देखि शुरु भएको स्थायी कमिटीको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८:१५ बजे आरम्भ भएर ११ : ३० बजेसम्म सञ्चालन भएको र बैठकमा पाँच जना नेताले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आफ्नो विचार व्यक्त गरेको बताए। 

बैठकले शुक्रबार अपराह्न शैक्षिक अवलोकन गरेर फर्कने क्रममा दाङको राम्री भन्ने स्थानमा बस दुर्घटनामा परी निधन हुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ। घाइतेहरुको प्रभावकारी उपचारका लागि आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तिमा जनाइएको छ। स्थायी कमिटीको अर्को बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने छ। रासस 
 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad