१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनशक्ति नहुँदा प्रहरीलाई काम गर्न कठिन

जुम्ला– जिल्ला प्रहरी कार्यालयले प्रहरी जनशक्ति कम हुदा काम गर्न कठिन भएको जनाएको छ। जनशक्ति कम भएकोले काममा ढिलासुस्ती र प्रभावकारी कार्यसम्पादन गर्न नसकिएको प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए। प्रदेश र स्थानीय कानून निर्माणका सन्दर्भमा छलफल गर्न जुम्ला पुगेका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी समक्ष डिएसपी रिजालले जनशक्ति थप्नको लागि पहल गरिदिनको लागि आग्रह गरे। 

जिल्ला प्रहरी कार्यालयको नयाँ भवन निर्माण र कार्यालयको अनुगमन गर्न पुगेका मन्त्री भण्डारीलाई जनशक्ति नहुँदा काम गर्न कठिन भएको जानकारी गराए। उनले भने, ‘जनशक्ति निकै कम हुन थाल्यो, दैनिक कामको लोड बढ्न थाल्यो, प्रहरी जनशक्ति थप्नको लागि पहल गरिदिनुपर्यो। अहिले जिल्लामा ३ सय ५ जना प्रहरीको दरबन्दी भएकोमा २ सय २८ जना मात्रै छन्। बिदा लगायतका अन्यत्र कामको शिलशिलामा जाने भएकोले दैनिक दिन डयुटीमा खटिने प्रहरी संख्या १ सय ८० जना जति छ। डिएसपी रिजालले भने, ‘गाउँका प्रहरी चौकीमा तीन जना मात्रै खटाउनु पर्ने अवस्था छ। अधिकांश समयमा घरविदामा जाने भएकोले दुई जनाले चौकीको जिम्मेवारी समाल्नु पर्ने विवशता छ।’

‘जिल्ला कारागारले थप प्रहरी मागिरहेको छ तर जनशक्ति नहुँदा उपलव्ध गराउन सकिएको छैन्’, डिएसपी रिजाल भन्छन्, ‘अत्यत्र जस्तो भएपनि निकै संवेदनशिल मानिएको कारागारमा प्रहरी थप्न नसकिएकोमा चिन्तित छौं।’ आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जनशक्ति थप्नका लागि पहल गर्ने बताए। उनले भने, ‘संघीय प्रहरीसंग समन्वय गरेर यहाँको रिक्तता पूर्ति गर्न पहल गर्छौं।’ अब अत्याधुनिक डिजिटलाईज प्रहरी कार्यालयको निर्माण अभियानमा प्रदेश सरकार लागि परेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालयमा सिसि क्यामरा जडान भइरहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यसम्पादनका लागि तदारुकता देखाउन निर्देशन दिए। 

प्रहरी कार्यालय निर्माणमा १२ करोड 

जिल्ला प्रहरी कार्यालय जुम्लामा कर्णाली प्रदेश सरकारको १२ करोड रुपैयाँको लागतमा नयाँ अत्याधुनिक भवन बन्ने भएको छ। जसका लागि स्टमेट गरेर पठाउन कानुनमन्त्री भण्डारीले जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरेका छन्। प्राविधिक रिर्पोट आउने वित्तिकै भवन निर्माणका लागि टेण्डर खोल्ने उनको भनाई छ। प्रहरी भवन, मेश, कार्यालय प्रमुख क्वाटर बनाइने भएको छ। प्रहरी कार्यालय वरिपरिको पर्खाल मजवुद बनाउनको लागि उनले सुझाव दिए। डिएसपी रिजालले ७ वटा सिसि क्यामरा जडान गरेर प्रहरी कार्यालय भित्र र वाहिरको क्रियाकलापको निगरानी बढाइरहेको जानकारी गराए। उनका अनुसार प्रतिक्षालयमा ४२ इन्चको टिभी जडान गरेर प्रहरी सन्देश मुलक कार्यक्रम हेर्न मिल्ने व्यवस्था गर्न थालिएको छ। प्रहरीलाई आईटीमैत्री बनाउनेमा जोड दिए। 

प्रकाशित: ७ पुस २०७५ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App