१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जाइका स्वयंंसेवकको प्रतिवेदन सार्वजनिक

काठमाडौं – जाइका नेपालमा आबद्ध स्वयंसेवकले विभिन्न विषयमा दुई वर्षमा गरेका कामको प्रतिवेदन सार्वजनिक गरेका छन्। सामाजिक विकास, कृषितर्फ कफी खेती र शारीरिक अशक्तहरुको विषयमा गरेको कामको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको हो। प्रतिवेदन सार्वजनिक कार्यक्रममा जाइका नेपालमा आबद्ध ६ जना जापानी स्वयंसेवकले आआफ्नो काम र अनुभवको विषयमा प्रस्तुतिसमेत दिए।

कार्यक्रममा जापानी नागरिक आकरी योशिदाले लमजुङ जिल्लाको चिसापानी गाउँमा मौरीपालनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिन्। ‘आफैंलाई थाहा नभएको मौरी पालन लमजुङको चिसापानीमा व्यावसायिक बनाएर फर्किएकी छु’, उनले भनिन्, ‘अहिले ३० घरपरिवार मौरी व्यवसायमा लागेको छ। यसलाई सरकारले सहयोग गरोस् भन्ने चाहन्छु।’

यस्तै, आयाको शेर्पाले गुल्मी जिल्ला सहकारी संघसँग समन्वय गरेर कफी व्यवसायको अवस्था, सम्भावना र बजारको विषयमा अध्ययनसहित काम गरेको सुनाइन्। उनले दुई वर्षको अवधिमा तीन टन कफी जापान निर्यात गर्न सफल भएको बताइन्। ‘गुल्मी कफी खेतीका लागि उत्तम जिल्ला हो।

किसानलाई यस विषयमा तालिम दिने हो भने आर्थिक उपार्जनको अर्को स्रोत हुन सक्छ,’ उनले भनिन्,‘ गुल्मीबाट उत्पादन भएको कफीको बजार फ्रान्स हुनसक्छ। सहकार्य गरौं।’ कार्यक्रममा राष्ट्रिय अपाग कोषसँग सहकार्य गरेर कोहिई ताकाहासिले शारीरिक अशक्तहरुको विषयमा दुई वर्ष काम गरेको प्रतिवेदन सार्वजनिक गरे। त्यस्तै आयाका सिराई, नुबुको सिमिजुलगायतले आफूले गरेका कामको बारेमा जानकारी गराए।

प्रकाशित: ७ पुस २०७५ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App