१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भालुको आक्रमबाट एक युवा गम्भीर घाइते

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिड गाउँका १८ वर्षीय जीवनबहादुर कामी भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन्।

बुधवार दिउँसो गाउँ नजिकैको  कानचौर भन्ने जंगलमा घरायासी कामका लागि निगाला ल्याउन गएको बेला उनलाई भालुले आक्रमण गरेको थियो। प्रहरी निरीक्षक प्रकाश केसीले भालुको आक्रमणबाट घाइते जीवनबहादुरको अनुहारमा ठुलो चोट लागेको बताए। उनले भने,“अनुहार नै चिन्न सकिँदैन्, छेद विच्छेद भएको छ।”

गम्भीर घाइते कामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भैरहेको छ। उनको उपचारका लागि ‘ओ’ पोजेटिभ रगत आवश्यक भएपनि नपाइएकोले समस्या भइरहेको अस्पतालले जानकारी दिएको छ। 

भालुको आक्रमणबाट घाइते भएपछि गाउँमा त्रास उत्पन्न भएको छ। अहिले एक्लै दुक्लै जंगलमा कामका लागि जान नसकिने अवस्था रहेको स्थानीय बताउँछन्।

प्रकाशित: ५ पुस २०७५ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App