१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

बेझाड – अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका छन्।

दिउँसो वडा कार्यालयमा कामका लागि पुगेकी रामपुर नगरपालिका–६ का लक्ष्मी ढकाल कर्मचारी आन्दोलनमा निस्केपछि त्यसै फर्कनुपरेको बताइन्र। ‘मेरो अति आवश्यक काम परेका कारण साँझपख आन्दोलनको समय सकिएपछि वडा कार्यालयमा सेवा लिन पुगेँ”, उनले भनिन्।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाइ समिति रामपुर नगरपालिकाका कर्मचारीले मङ्गलबारदेखि आन्दोलन शुरु गरेका हुन्। मङ्गलबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म, बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलन गरेको समितिका सचिव वासुदेव ढकालले जानकारी दिए।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आन्दोलन जारी राख्ने उनले बताए। पाँच वडा सचिव, तीन इञ्जिनीयर, दुई सबइञ्जिनीयर, पाँच सामाजिक परिचालक, १४ कार्यालय सहयोगी, तीन सवारी चालक गरी ३२ आन्दोलित कर्मचारीले कार्यालको कामकाज ठप्प पारेका छन्।

कर्मचारीको समायोजनामा स्थानीय निकायका कर्मचारीलाई सम्मानजनक व्यवस्था हुनुपर्ने, साविकका काम गर्दै आएका अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकको सेवाको निरन्तरताका साथै कर्मचारीको सुविधा, केही प्रक्रिया पुगेका र लामो समय काम गरेका कर्मचारीलाई विशेष मौका दिई प्रक्रिया पु-याएर स्थायीको माग गर्दै कर्मचारी समायोजन ऐन २०७५ मा स्थानीय तहमा कार्यरत (जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) कर्मचारीलाई समायोजनमा समावेश गरियोस् भनी आन्दोलन गरिएको एशोसिएशन समिति रामपुर नगरपालिकाका अध्यक्ष मदन पराजुलीले बताए।

नगरपालिका कार्यालय र दशवटै वडा कार्यालयमा कार्यरत कर्मचारी आन्दोलन गरेपछि कार्यालय सुनसान बनेको छ। सम्बन्धित कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले कार्यालयबाट सेवा नपाएपछि फर्कन बाध्य भएका छन्। बुधबार भने दिउँसो २ बजेपछि नगरपालिकाका केही वडा कार्यालयमा अति आवश्यक सेवा लिन जानेको चहलपहल देखिन्थ्यो।  (रासस)

प्रकाशित: ५ पुस २०७५ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App