पृथ्वीको तापक्रमबाट १४० मेगावाट विद्युत उत्पादनको तयारी

बिहिबार, १३ असोज २०७३, १५ : २७ नागरिक

3


नैरोबि- विद्युत उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १४० मेगावाट जियोथर्मल विद्युत उत्पादन परियोजनाको खाका तयार पारेको छ। यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना शुरुवात गरिसक्ने जनाइएको छ। 

पृथ्वीको सतह तातेपछि त्यसबाट उत्पन्न हुने तापक्रमलाई समेटेर एकत्रित गरी विद्युत शक्तिमा परिणत गरी भण्डारण र विद्युत आपूर्ति गर्ने प्रणालीलाई जियोथर्मल प्रविधि भनिन्छ। 

तुलनात्मक रुपले जल विद्युत उत्पादन लागत सरह खर्च लाग्ने यस प्रविधिबाट विद्युत उत्पादन गर्न जलस्रोत, पेट्रोलियम इन्धन, आणविक वा अन्य कुनै प्रकारको रासायनिक उर्जा आवश्यक पर्दैन। 

यसमा, सूर्यबाट भू(सतहमा प्राप्त हुने तापक्रमलाई वैज्ञानिक प्रक्रियाबाट जियोथर्मल तापवाष्प तयार गरी एकत्रित पार्दै विद्युत उर्जामा परिणत गरी विद्युत आपूर्ति गरिन्छ। 

जियोथर्मल तापवाष्प उत्पादन, सङ्कलन तथा बिक्री बितरण कार्य सरकारी स्वामीत्वको केन्या इलेक्ट्रिसिटि जेनेरेटिङ्ग कम्पनी (केन्जेन्)ले गर्ने र खरीद गर्ने संस्थाले सो तापवाष्पलाई विद्युत उर्जामा परिणत गरी विद्युत आपूर्ति गर्ने परिपाटी हुनेछ। 

केन्जेन्को जियोथर्मल शक्ति विकास बिभागका निर्देशक आबेल रोटिकले यस परियोजनामा भौतिक पूर्वाधार निर्माणकार्य र मेसिनरी प्लान्ट, उपकरण जडानका लागि लगभग तीस करोड अमेरिकी डलर लगानी गर्न रकमको बन्दोबस्त भै सकेको नैरोबिमा सिन्ह्वा समाचारदातालाई बताए। 

जियोथर्मल शक्ति प्रकृति (सूर्य)बाट नित्य निरन्तर प्राप्त भै रहने नवीकरणिय ऊर्जास्रोत भएकाले यस अन्तहीन स्रोतको अधिकतम उपयोगलाई केन्या सरकारले प्राथमिकता दिने पनि निर्देशक आबेलले बताए।

राजधानी नैरोबिबाट करीब एकसय किलोमिटर टाढा उत्तरपश्चिममा पर्ने ओल्कारिया इलाकामा ओल्कारिया पाँचौं नामाकरण गरिएको यस परियोजना शुरु भएको मितिले अठार महिनासम्ममा सम्पन्न गरिसक्ने लक्ष राखिएको छ। 

वर्तमानमा केन्यामा केन्जेन्ले पाँचसयचालिस र निजी क्षेत्रको अर्को एउटा छुट्टै कम्पनीले एकसयचालिस गरी जम्मा छसयअसी मेगावाट जियोथर्मल विद्युत उत्पादन गरिरहेका छन्। 

यस पूर्वीअफ्रिकाली राष्ट्रभरी समग्रमा कूल सातहजार मेगावाट सम्भाव्य जियोथर्मल विद्युत क्षमता भएको अनुमान गरिएको छ। रासस/सिन्ह्वा 








यसमा तपाईको मत

अन्य समाचार

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीलाई नेपाली मुद्रामा १७ लाखभन्दा बढी पर्छ | ...

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामराले हुवावेको ६ महिना पुरानो स्मार्टफोनलाई पनि जित्न सकेन ...

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

आजभोलि बजेट स्मार्टफोनहरु पनि राम्रा हुँदै गएका छन् र राम्रा स्मार्टफोन पनि सस्ता हुँदै गएका छन् । ...

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

टाइट बजेटमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् | ...

नयाँ आइफोनमा छन् समस्या नै समस्या

नयाँ आइफोनमा छन् समस्या नै समस्या

केहि साता अगाडी घोषणा गरेर गत साता रिलिज गरिएको आइफोन Xs र आइफोन Xs म्याक्समा थुप्रै किसिमका समस्याहरु भेटिएका छन्

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

नयाँ किन्दा सुरुसुरुमा फास्ट चलिरहेको तपाईंको एन्ड्रोइड स्मार्टफोन केही महिनापछि स्लो भएको छ ? कारण यी हुन सक्छन् ...

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

कुनै जमाना थियो, जब मोबाइल गेमहरु निकै साधारण हुने गर्थे । इतिहासकै सबैभन्दा प्रचलित मोबाइल गेम– स्नेक पनि एकदमै साधारण...

यस्तो छ जीप कम्पासको नेपाली बजार मूल्य

यस्तो छ जीप कम्पासको नेपाली बजार मूल्य

नेपालमा पहिलोपटक आधिकारिक रुपमा आउन लागेको जीप ब्राण्डको गाडी हो जीप कम्पास | ...