२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वीरगन्ज नाकामा लागु भएकाे नयाँ नियमका विरुद्ध प्रदर्शन

वीरगन्ज - बुधवारदेखि लागु हुने गरी वीरगन्ज नाका पार गर्दा तोकिएको स्थानसम्म पैदल हिँड्नुपर्ने व्यवस्था लागु गरिएको छ। वीरगन्ज महानगरपालिका १६ मा पर्ने वीरगन्ज भन्सार कार्यालयका शाखा अधिकृत कुमारप्रसाद घिमिरेद्वारा हस्ताक्षर गरिएको मंगलवार जारी सूचनामा पैदल हिँड्नुपर्ने उल्लेख गरि यस्तो व्यवस्था लागु गरिएको हाे।

सूचनाको विरोधमा वीरगन्जका स्थानीयले विरोध प्रदर्शन गरेका छन्। भन्सार क्षेत्रमा स्थानीय युवाले दिउँसो १ बजेदेखि प्रदर्शन सुरु गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। ‘संघीयता लागु भएपछि देश चौतर्फी विकास हुने सबैले आशा गरेका थिए, उल्टाे पो भयो, व्यापारिक नाकालाई एलओसी (लाइन अफ कन्ट्रोल) बनाइदैछ,’ नाकामा विरोध प्रदर्शन गर्न पुगेका संघीय समाजवादी फोरम नेपालका जिल्ला नेता तबेज अहमदले भने, ‘यो मान्य हुँदैन।’ पार्टीका नगर अध्यक्ष इश्वर यादव लगायतकाले नाकामा प्रदर्शन गरेका छन्।

फाेरम नेपालका सांसद प्रदीप यादवले यो निर्णय नसच्याइए कडा कदम चाल्ने चेतावनी दिए। उता भारतको सिमा जागरण मञ्चका बिहार प्रदेश अध्यक्ष महेश अग्रवालले सिमामा परिचयपत्र प्रणाली लागु गर्ने प्रयासको लागि पुर्वअभ्यास स्वरुप यो नियम ल्याइएको प्रतिक्रिया दिए। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले नाकामा आवागमन व्यवस्थापन गर्न यो व्यवस्था लागु गरिएको बताए। 

प्रकाशित: ४ पुस २०७५ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App