१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा

काठमाडौं – साविक विजेता म्यानचेष्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सिटीले मंगलबार राति सम्पन्न क्वाटरफाइनल खेलमा लेस्टर सिटीलाई ट्राइबेकरमा ३–१ ले पराजित गर्यो।

लेस्टरको घरेलु मैदानमा भएको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। १४ औं मिनेटमा कुभिन डि ब्रुयनाले गोल गरेपछि सिटीले अग्रता लिएको थियो। तर, खेलको अन्तिम समयमा सिटीले अग्रता गुमाउन पुग्यो।

७३ औं मिनेटमा लेस्टरका मार्क अल्ब्राइटनले बराबरी गोल फर्काए। त्यसपछि निर्धारित समयमा गोल भएन र खेल सिधै पेनाल्टी सुटआउटमा धकेलियो। जसमा सिटीले बाजी मार्यो। सिटीका लागि एलेक्जेन्ड्रा जिन्चेन्कोले विजयी पेनाल्टी प्रहार गरेका थिए। रहिम स्टर्लिङ पेनाल्टीमा चुकेपनि इका गुण्डुगान र ग्राबियल जिससले गोल गर्न सफल भए।

लेस्टरका क्रिष्टियन फुचको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो भने जेम्स मेडिसनको पेनाल्टी सिटीका गोलकिपले उत्कृष्ट बचावट गरेका थिए।

प्रकाशित: ४ पुस २०७५ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App