१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आमाबुवाको उमेर बढाएर वृद्धभत्ता खाने सरकारी कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर र कार्यालय सहयोगी राजकुमार महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

प्राविधिक सहायक ठाकुरले आफ्नो बुबा र आमाको उमेर बढाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच वर्षदेखि बुझ्दै आएको र मृतक व्यक्तिको समेत भत्ता निकासा गरी रु १० लाख ८४ हजार ९१४ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ। 

आयोगका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ५४६ वटा भर्पाईमा आफैँले औँठाछाप लगाई रू नौ लाख ६२ हजार ९१४, सोही कार्यालयका सहयोगी राजकुमार महराले ६६ वटा भर्पाईमा आफैंले औंठाछाप लगाई रू एक लाख २२ हजार गरी कुल रु १० लाख ८४ हजार ९१४ भ्रष्टाचार गरेको पाइएको छ। 

शाैचालय निर्माणमा अनियमितता गर्ने प्रअ फन्दामा

यस्तै आयोगले मंगलवारै प्राथमिक विद्यालय, कडहर्वा पिप्रा, सिरहाका प्रधानाध्यापक रामप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रधानाध्यापक यादवले शौचालय तथा मर्मत शीर्षकमा निकासा रकम, कर्मचारीको सञ्चयकोष र नागरिक लगानी कोष रकम एवं विद्यार्थीको नक्कली हस्ताक्षर गरी छात्रवृत्तिको रकमसमेत हिनामिना गरी रु पाँच लाख ५१ हजार ६८४ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ। आयोगका अनुसार विद्यालयको भौतिक निर्माणतर्फ रू तीन लाख ४१ हजार ४४ छात्रवृत्ति वितरणबाट बाँकी रहेको रू दुई लाख १० हजार ६४० भ्रष्टाचार गरेको देखिएको छ। 

त्यस्तै स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश, पोखराका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशक डा तारानाथ पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह (खुला) को अहेब पदको लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीलाई लोक सेवाको परीक्षाको अन्तर्वार्तामा उत्तीर्ण गराइदिन्छु भनी पौडेलले रु एक लाख घुस मागेको अभियोग लागेको छ। 

प्रकाशित: ३ पुस २०७५ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App