१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय पदाधिकारी १२ सदस्यीय हुने

काठमाडौं – नेपाली कांगेसको जारी महासमिति बैठकमा केन्द्रीय पदाधिकारीको बिवाद टुंगो लागेको छ। महासमिति बैठकका क्रममा केन्द्रीय पदाधिकारीको संख्या १२ जना हुने टुंगो लगाएको छ।

संघीय संरचना अनुसार विधान संसोधन प्रमूख एजेण्डा रहेको महासमिति बैठकमा आज जुटेको सहमतिअनुसार १ जना सभापति,३ उपसभापति ३ महामन्त्री, १ कोषाध्यक्ष र ५ जना सहमहामन्त्री रहनेछन्। 
महासमितिमा सहाभागी काँग्रेसका एक केन्द्रिय सदस्यका अनुसार १२ मध्ये ८ जना निर्वाचित हुनेछन् भने ४जना मनोनयनमार्पmत चयन हुनेछन्।

यसैबीच,आज विहान एकाएक स्थिगित भएको बन्दसत्र दिउसो पुनः सुचारु भएको छ। राजधानीको रामशाह पथस्थित एक पार्टीप्यालेसमा जारी बैठकमा विधान संसोधनको विषयमा सहमति जुटाउन छलफल चलिरहेको जनाइएकाे छ। 

 

प्रकाशित: ३ पुस २०७५ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App