१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच महिनामा ७४ जना यात्रुको मृत्यु, ३१७ घाइते

चितवन – सवारी साधनको चाप बढेसँगै चितवनमा दुर्घटना पनि बढ्दै गएको पाइएको छ। जिल्ला ट्राफिक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३१७ जना घाइते भएका छन्।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्याक्टर दुर्घटनामा ४, जिप दुर्घटनामा ३, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट ५ साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु भएको छ। आर्थिक वर्ष २०७४–७५ मा सोही अवधिमा ९६ सवारी साधन दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो भने २०५ जना घाइते भएका थिए।

प्रहरी निरीक्षक गौतमले मोटरसाइकलको ठक्करबाट बढी संख्यामा मृत्यु हुने गरेको बताए। सडकमा सवारी साधनको चाप बढेसँगै दुर्घटनाको संख्या पनि बढ्दै गएको हो। तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको गौतमले बताए। जिल्लामा मासिक १ हजार मोटरसाइकल तथा १०० साना गाडी बिक्री हुने गरेको तथ्याङ्क छ।  (रासस)

प्रकाशित: ३ पुस २०७५ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App