अमेरिकी कदमप्रति साउदी अरेबियाको आपत्ति

मङ्गलबार, ०३ पुष २०७५, १२ : ५१ नागरिक

रियाद – अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको ‘हस्तक्षेप’ भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ। अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रोक्न चाहेको छ।

साथै, सिनेटले पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी राजकुमारलाई जिम्मेवार ठह-याएको छ। ‘साउदी अरब अमेरिकी सिनेटको पछिल्लो दृष्टिकोणको भत्र्सना गर्दछ किन भने सिनेटका आरोप अपुष्ट छन्। त्यसैले साउदी अरब आन्तरिक मामिलामा भएको अमेरिकी ठाडो हस्तक्षेपलाई अस्वीकार गर्दछ,’ विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ।

अमेरिकी सिनेटको कदमले साउदी–अमेरिकी सम्बन्धमा दरार ल्याउने बताइएको छ । सिनेटको प्रस्तावमाथि हाउस अफ रिप्रिजेन्टेटिभमा छलफल नहुने र राष्ट्रपति ट्रम्पले विशेषाधिकार प्रयोग गर्ने सम्भावना रहेको बताइएको छ ।

अमेरिकी सिनेटको मतदानले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि नयाँ चेतावनी दिएको छ। राष्ट्रपति ट्रम्पले यमनको द्वन्द्वमा अमेरिकी हतियारको व्यापक प्रयोग भएको तथा पत्रकार खशोग्जीको हत्याका बारेमा विश्वव्यापी आलोचना भइरहेको साउदी अरेबियाको शासन सत्तालाई समर्थन गरिरहेका छन्।

यमनको गृहयुद्धमा अमेरिकी समर्थन त्याग्नुपर्ने पक्षमा ४९ जना सिनेटरले मतदान गरेका थिए। उक्त मतदानमा डेमोक्राट र उनीहरूका विचारमा समर्थन जनाउने सात जना रिपब्लिकन सिनेटर सहभागी भएका थिए। राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लीकनका अरु तीन जना सिनेटर मतदानमा उपस्थित भएनन्।

सिनेटले पत्रकार खशोग्जीको हत्यासम्बन्धी निन्दा प्रस्ताव पनि पारित गरेको छ। सिनेटले साउदी अरेबियाका मुख्य शासक राजकुमार मोहम्मद बिन सल्मान नै यसमा जिम्मेवार ठह-याएको छ।

साउदी विदेश मन्त्रालयले राजपरिवारमाथि हुने कुनै पनि किसिमको ‘अपमान’ सह्य नहुने बताएको छ। अमेरिकी सिनेटको यो कदमले साउदी–अमेरिकी सम्बन्धमा दरार ल्याउन खोज्ने सबैलाई मद्दत गरेको छ। सिनेटको उक्त प्रस्तावमाथि जनवरी अघि हाउस अफ रिप्रिजेन्टेटिभमा छलफल हुने छैन। राष्ट्रपति ट्रम्पले विशेषाधिकारको प्रयोग गर्ने सम्भावना छ तर सिनेटको मतदानले ह्वाइट हाउसमा रियादका बारेमा भिन्न दृष्टिकोण अवलम्बन गर्नेतर्फ सोच्न बाध्य बनाउनेछ।

अमेरिकी अखबार वसिङ्टन पोस्टका लागि नियमित स्तम्भकार जमाल खशोग्जीको टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावास कार्यालयमा प्रवेश गरेलगत्तै गत अक्टोबर २ मा हत्या भएको थियो। यमनमा जारी गृहयुद्ध र साउदी गठबन्धन नेतृत्वमा भएको हवाई आक्रमणले भएको जनधनप्रति अमेरिकी कंग्रेसमा छलफल सुरु भएको छ।
सन् २०१५ यता साउदी गठबन्धनको आक्रमणबाट १० हजारभन्दा बढीको यमेनीको ज्यान गइसकेको छ। अधिकारकर्मीले यो संख्या अझ बढी रहेको बताएका छन्।

 






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad