१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दोहोरो जितबाट पुलिस शीर्षमा

नेपाल स्पोर्ट्स क्लबका भारतीय खेलाडी(नीलो जर्सी)को स्पाइक रोक्ने प्रयास गर्दै नयाँबजार भारतीय खेलाडी । तस्बिर : उमेश/नागरिक

पोखरा – नेपाल पुलिस क्लब दोहोरो जितसँगै आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा ९ अंकसहित शीर्ष स्थान पुगेको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलले ६÷६ अंक जोड्दा दुई खेल जितेको हेल्प नेपाल स्पोर्ट्स क्लबको भने ५ अंक छ। 

तीनै खेलमा पराजित भएको नयाँ बजार सामाजिक युवा क्लब भने १ अंकसहित पाँचाैं स्थानमा छ । ढोरपाटन, मणिमुकुन्द र जावलाखेल अंकविहीन छन्।

सोमबार पहिलो खेलमा जावलाखेललाई सोझो सेटमा पराजित गर्दै आत्मविश्वासी देखिएको नेपाल पुलिस क्लबले भारतीय खेलाडी सम्मिलित नयाँ बजारलाई दिनको अन्तिम खेलमा चौथो सेटमा पराजित गर्दै अंकतालिकामा शीर्ष स्थान उक्लिएको हो । पुलिसले नयाँबजारलाई २५–२२, २५–२१, १९–२५ र २५–१३ को सेटमा पराजित गरेको थियो।

पुलिसले जावलाखेल भलिबल स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित ग¥यो । सोमबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पर्धामा पुलिसले जावलाखेलमाथि २५–२१, २५–१४ र २५–१८ को जित निकालेको हो । सशस्त्र प्रहरी बलको एपिएफ क्लब पनि रूपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१५ र २५–१७ मा हराउँदै लिगको दोस्रो स्थानमा पुग्यो।

त्यस्तै आर्मी ढोरपाटन स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै लिगको दोस्रो स्थानमा छ । आर्मीले एक खेल कम खेलेको छ । सोमबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पर्धामा आर्मीले ढोरपाटनमाथि २५–१९, २५–१७ र २५–१२ को नतिजा निकालेको हो।

हेल्प नेपाल स्पोर्ट्स क्लबले रोमाञ्चक खेलमा दोस्रो जित निकालेको छ ।  हेल्प नेपालले नयाँबजारलाई २०–२५, २५–२२, २५–२१, १६–२५, १५–११ ले पराजित गर्दै दोस्रो जित  निकालेको हो।

प्रकाशित: ३ पुस २०७५ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App