स्मार्टफोनको नकारात्मक असर

मङ्गलबार, ०३ पुष २०७५, ०९ : १९ डा. सुभाष पोखरेल

गत हप्ता कोकाकोलाको भगिनी कम्पनी भिटामिनबाटरले एक वर्षसम्म स्मार्टफोन प्रयोग नगर्ने व्यक्तिलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा ग-यो। सहभागीले ३६५ दिनसम्म आइफोनको बदला भिटामिनबाटरले उपलब्ध गराएको सामान्य फोन भने प्रयोग गर्न पाउने भन्यो कम्पनीले। उक्त अवधिभर आइप्याड तथा ट्याब्लेट चलाउन नपाउने तर ल्यापटप तथा डेस्कटप कम्प्युटर थिच्न भने हिस्सेदारको अधिकार भएको बतायो इनर्जी ड्रिंक उत्पादक कम्पनीले। १८ वर्ष उमेर पुगेका नागरिकले आवेदन दिन पाउनेगरी दरखास्त खुल्यो, आवेदन हाल्ने काम पनि सुरु भयो। निवेदकको व्यक्तिगत विवरणको बहुआयामिक पक्ष विश्लेषण गरी सहभागी छनोट गर्ने बतायो कम्पनीले। त्यसैबीचमा सञ्चारमाध्यमहरूले सहभागिताका सन्दर्भमा धेरैसँग अन्तर्वार्ता गर्न भ्याए।

बकस रकम धेरै भए पनि हालातसँगको मजबुरीका कारण आफूले उक्त प्रतियोगितामा सहभागी हुन नसक्ने बताउने अमेरिकी वयस्क धेरै देखिए। उक्त सन्देशले आइफोनप्रति अमेरिकी नागरिकको नशा कति बजोड रहेछ भन्ने बुझियो। नेपालमा स्मार्टफोनको लतमा लागेका नागरिक कति छन भन्ने आकलन गर्न एक घण्टा सार्वजनिक प्रतीक्षालयमा बस्दा प्रष्ट हुन्छ। विश्वव्यापीरूपमै ह्यान्डहेल्ड ग्याजेटको लतमा लाग्नेको संख्या अत्यधिक रहेको अवस्थामा भिटामिनबाटरको ललकारलाई कतिले सहजै पार लगाउलान् भन्ने अर्को वर्ष थाहा हुन्छ नै। 

बयस्कहरूका लागि भिटामिनबाटरले ल्याएको स्मार्टफोन च्यालेन्ज सँगसँगै संयुक्त राज्य अमेरिकाको फेडरल अनुसन्धान निकाय न्यासनल इन्स्टिच्युट अफ् हेल्थ (एनआइएच) ले स्मार्टफोनको उपयोगले कलिला बच्चाको दिमागमा कस्तो प्रकृतिको असर पार्छ भन्ने अनुसन्धानको प्रारम्भिक प्रतिवेदन सार्वजनिक ग-यो। तर उक्त प्रतिवेदनले स्मार्ट डिभाइसको प्रयोगले बालबालिकाको ब्रेनमा दीर्घकालीन नकारात्मक असर पार्न सक्ने देखायो। अर्को वर्षसम्ममा पूर्ण प्रतिवेदन सार्वजनिक हुने बताउँछन् संलग्न अनुसन्धानकर्ताहरू। स्मार्टफोनको उपभोगले पारेको र पार्न सक्ने असरका सम्बन्धमा प्रकाशित अनुसन्धानको निचोड पस्कनु यो आलेखको लक्ष्य रह्यो। 

अझ, २ वर्षभन्दा मुनिका बच्चाको दिमाग टिनेजरको ब्रेनभन्दा अझ संवेदनशील हुने भएकाले साना नानीहरूलाई कुनै पनि हालतमा इलेक्ट्रोनिक मिडिया दिन नहुने ठान्छन् उनी। त्यसैगरी आइफोन दिएर बच्चा फुल्याउनुलाई महाभूल ठान्छन्।

केटाकेटीको शारीरिक तथा बौद्धिक विकासमा इलेक्ट्रोनिक स्क्रिनले असर पारेको छ भन्ने कुराको छनक सन् २००७ मा एप्पलले आइफोन बजारमा ल्याउनेबित्तिकै थाहा भयो। पछि, स्मार्टफोन भित्रिएपछि उक्त कुराको असर अझ सशक्त देखियो। कुनै पनि अवलोकनले आधिकारिता पाउन अनुसन्धान जरुरी पर्छ। तथ्यगत आकडा प्रस्तुत गर्नु विज्ञानको धर्म बन्छ। भविष्यका कर्णाधारको दिमागलाई इलेक्ट्रोनिक मिडियाले साँच्चिकै नकारात्मक प्रभाव पारेको अड्कललाई निरुपण गर्ने दायित्व अमेरिकी अनुसन्धानात्मक संस्था एनआइएचले लियो। ३० करोड अमेरिकी डलरको लागतमा ११ हजार बच्चालाई सहभागी गराएर इलेक्ट्रोनिक मिडियाले पारेको असरका सम्बन्धमा अनुसन्धान गर्न विभिन्न राज्यमा २१ अनुसन्धान केन्द्र खुले। चुरोट, रक्सी तथा लागुपदार्थको दुव्र्यसनभन्दा पनि खराब लतका रूपमा स्मार्ट फोन तथा भिडियो गेमहरूले बच्चालाई सताउन लागेपछि आखिर किन त्यसो हुन्छ त भनी एकिन गर्नु एनआइएचले आफ्नो दायित्व ठान्यो अनि आफ्नो अनुसन्धानात्मक निष्कर्षलाई प्रारम्भिकरूपमा गत हप्ता बाहिर ल्यायो। पहिलो चरणमा भएका अनुसन्धानात्मक प्रगतिको गत हप्ता समीक्षा गरिन् एनआइएचकी गया डोलिङ्गले।

१० वर्ष समूहका ४५ हजार बच्चाको एमआरआइ स्क्यान नियाल्दा दैनिक ७ घण्टाभन्दा अधिक आधुनिक सञ्चार उपकरण हेर्ने बच्चाको दिमागको कर्टेक्स भन्ने भाग पातलिँदै गएको देखियो। उमेर ढल्कँदै गएपछि पातलिनुपर्ने कर्टेक्स स्मार्टफोनको बढी उपभोगले बच्चामै खिइएको हो भने उक्त समस्याले विकराल मानसिक समस्या निम्त्याउन सक्ने देखियो। ५ वटैै इन्द्रीयले ल्याएका सन्देशलाई संश्लेषण गर्ने कर्टेक्सको सतह पातलिनु शुभसंकेत कदापि हुन सक्दैन। तर कलिलो उमेरमै कर्टेक्स पातलिने समस्याले भविष्यमा के/कस्तो प्रभाव पार्छ, त्यो हेर्न भने लामो समय कुर्नुपर्ने देखियो। अत्यधिक आइफोनको उपयोग गर्ने बच्चाको कर्टेक्स पातलिएको देखिएको अवस्थामा दिनको दुई घण्टासम्म भिडियो गेम खेल्नु खराबी नहोला कि भनी अनुसन्धान अगाडि बढाउँदासमेत अनौठो नतिजा आयो। दैनिक २ घण्टामात्र पनि इलेक्ट्रोनिक पर्दा हेर्ने बच्चामा सोच्ने क्षमता र भाषागत दक्षतामा नकारात्मक प्रभाव पारेको देखियो। उपरोलिखित नतिजाले दैनिक २ घण्टामात्र पनि स्मार्ट फोन हेर्नु बच्चाका लागि खराब हो भन्न सकियो।  

सर्च इन्जिन गुगलका पूर्वप्रबन्धक ट्रिस्टन ह्यारिस इलेक्टोनिक मिडियामा भएका याप्सहरूको बनोट नै बच्चाको कलिलो दिमागमा नशाको भूमिका खेल्नेगरी बनाइएकाले एकपल्ट लत लागेपछि केटाकेटीहरू स्मार्टफोन पाउन बाबुआमासँग झगडा गर्नुको कारण ठान्छन्। दिमागमा आशक्ति बनाउने केमिकल उत्पादन हुँदा मानिस नशामा फस्छन्। आखिर कुन पदार्थको उत्पादनले स्मार्टफोनप्रतिको आशक्ति जाग्छ त ?  

बच्चालाई आइफोनको उपभोग कम गर्न आमा÷बाबुले स्मार्टफोनको न्यूनतम उपभोगमार्पmत आफूलाई रोल मोडेलका रूपमा स्थापित गर्नुपर्ने, शारीरिक ब्यायाममा ध्यान दिनुपर्ने, सन्तानलाई दिने समय कुनै पनि हालतमा इलेक्ट्रोनिक उपकरणको उपभोगमा खर्चिनु नहुने अनि कुनै पनि बहानामा दिनको २ घण्टाभन्दा अधिक इलेक्ट्रोनिक मिडिया हेर्न नहुने भन्छ एनआइएच।

बच्चाहरू इलेक्ट्रोनिक मिडियाप्रति किन त्यति धेरै आशक्त हुन्छन् त भनी बायोलोजिकल कारण खोजे युनिभर्सिटी अफ् क्यालिफोर्निया स्यान्डियागोका अनुसन्धानकर्ताहरूले। ‘इन्स्ट्याग्राम’ प्रयोग गर्ने युवा समूहको दिमागमा उक्त याप्स प्रयोग गरेका बखत मस्तिष्कको कुन भाग क्रियाशील हुन्छ भनी अध्ययन गर्न एमआरआइ विधि उपभोग गरे। एमआरआइ स्क्यानले सामाजिक सञ्जाल प्रयोग गरेका बखत दिमागमा डोपामिन भन्ने रासायनिक पदार्थ उत्पादन भएको देखियो। इन्स्ट्याग्रामको प्रयोग गर्दासमेत नशा सेवन गर्दा ब्रेनमा उत्पादन हुने केमिकल डोपामिनको उत्पादन भएको देखियो। त्यसले गर्दा नै सामाजिक सञ्जाल उपभोग गर्दा मानिसमा खुसी जाग्छ। प्रसन्नता उजागर भएपछि जति बढी सामाजिक सञ्जाल प्रयोग ग-यो त्यति बढी फेसबुक चलाउन तल लाग्ने देखियो। उक्त यथार्थलाई ट्विटर प्रयोगकर्ताले भन्दा अरु कसले राम्रोसँग बुझ्ला र ? 

बच्चाका लागि नै भनेर बनेका धेरै स्मार्ट याप्स पाइन्छन्। धेरै अभिभावक बच्चालाई लक्ष्य गरी बनाइएका सामग्री प्रयोग गर्न दिँदा उनीहरूको बौद्धिक विकास हुने ठान्छन। तर सियाटल बाल अस्पतालका चिकित्सक एवम् अमेरिकन एकेडेमी अफ् पेडियट्रिक्सका विषयगत अनुसन्धानकर्ता डा. दिमित्री करिस्टाकिसको अनुसन्धानले बच्चाहरूले आइप्याडमा खेलेको गेमको अनुभवका आधारमा कुनै पनि ज्ञान यथार्थमा उतार्न नसक्ने देख्यो। ट्याबलेटमा खेलेको अनुभवका आधारमा बच्चाले लेगो बनाउने काममा किँचिंत सफलता हासिल गर्न नसक्ने ठोकुवा गर्छन् डा. करिस्टाकिस। अझ, २ वर्षभन्दा मुनिका बच्चाको दिमाग टिनेजरको ब्रेनभन्दा अझ संवेदनशील हुने भएकाले साना नानीहरूलाई कुनै पनि हालतमा इलेक्ट्रोनिक मिडिया दिन नहुने ठान्छन् उनी। त्यसैगरी आइफोन दिएर बच्चा फुल्याउनुलाई महाभूल ठान्छन्।  

इलेक्ट्रोनिक ग्याजेटको आगमनले मानिसको जीवनलाई धेरै हिसाबमा सहज बनाए पनि अहिलेसम्मको अनुसन्धानले ती उपकरणले मानिसको बौद्धिक क्षमतामा भने नकारात्मक प्रभाव पार्ने देखियो। मानिसले उपकरण उपयोग गर्नेभन्दा पनि टुल्सले मानवलाई सञ्चालन गरेको पाइयो। त्यति हुँदाहुँदै पनि आइफोनले खराबीमात्र गरेको मान्न तैयार छैनन् लामो समय युवायुवतीको मनोविज्ञानिक अध्ययनमा खर्चिएकी स्यान्डिएगो स्टेट युनिभर्सिटीकी प्राध्यापक जिन ट्वेङ्गे। स्मार्टफोनको आगमनपछि युवाहरूमा मादक पदार्थ उपभोग तथा अनैतिक शारीरिक सम्बन्धप्रतिको लगाब भने कम भएको ठान्छिन् उनी। तर आइफोनको आविष्कारपछि हाइस्कुलका विद्यार्थीमा एकान्तवासी तथा डिप्रेसनको समस्या भने अत्यधिक बढेको मान्छिन् डा ट्वेङ्ग। अत्यधिक स्मार्टफोनको उपभोग गर्ने कलेजका विद्यार्थीले आत्महत्या गर्ने सम्भाव्यता पनि अधिक देखियो। 

अहिलेसम्म भएको अनुसन्धानले स्मार्टफोनले मानव सभ्यतालाई न्यून लाभ तर अधिक हानि दिएको मान्नुपर्ने हुन्छ। आपैmँले गरेको अनुसन्धानले इलेक्ट्रोनिक मिडियाको दुष्चक्रमा युवा जमातमात्र होइन, पूरा मानव सभ्यता नै फस्न सक्ने देखेपछि संसारकै सबैभन्दा शक्तिशाली अनुसन्धान निकाय एनआइएचले इलेक्ट्रोनिक मिडियासम्बन्धी जनहित सन्देश जारी ग-यो। बच्चालाई आइफोनको उपभोग कम गर्न आमा÷बाबुले स्मार्टफोनको न्यूनतम उपभोगमार्पmत आफूलाई रोल मोडेलका रूपमा स्थापित गर्नुपर्ने, शारीरिक ब्यायाममा ध्यान दिनुपर्ने, सन्तानलाई दिने समय कुनै पनि हालतमा इलेक्ट्रोनिक उपकरणको उपभोगमा खर्चिनु नहुने अनि कुनै पनि बहानामा दिनको २ घण्टाभन्दा अधिक इलेक्ट्रोनिक मिडिया हेर्न नहुने भन्छ एनआइएच। अनि इलेक्ट्रोनिक डिभाइस उपयोग गर्दा शारीरिक कसरत नहुने भएकाले मोटापन तथा मुटुको रोगले सताउन सक्ने सम्भाव्यता हुने नै भयो। त्यसका अतिरिक्त केटाकेटीलाई पुरस्कार तथा दण्डका रूपमा स्मार्टफोन प्रयोग गर्न दिँदा उनीहरूले आइफोन अत्यधिक महत्वको वस्तु ठानी त्यसप्रतिको लगाव अझ बढाउने भएकाले चनाखो हुन अनि भरिसक्य बच्चालाई इलेक्ट्रोनिक मिडियाभन्दा टाढा राख्न सल्लाह दियो अनुसन्धान निकायले। 

गत हप्ता आइफोन प्रयोग नगरे एक लाख डलर पुरस्कार दिने भिटामिनबाटरको योजना र इलेक्ट्रोनिक मिडियाको अत्यधिक प्रयोगले मानिसको जीवनमा विभिन्न नकारात्मक परिणाम आउने सक्ने संभाव्यताका दुई खबर एकैपटक सार्वजनिक भए। स्मार्टफोनको प्रयोगले हाम्रो शरीरमा विभिन्न समस्या ल्याउन सक्ने सन्देश सार्वजनिक भएकै बेला एक वर्ष आइफोन प्रयोग नगरे १ लाख डलर पाउने भन्दा सुखद खबर अर्को के होला ? योग्य उमेदवारले दोहोरो फाइदा हुने संभाव्यताका लागि आफ्नो भाग्य परीक्षण गर्न भिटामिनबाटरको वेभसाइटमा आवेदन हाल्ने कि ?  







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad