१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनएमबीले ल्यायो सहूलियतपूर्ण कर्जा योजना


काठमाडौं– एनएमबी बैंकले सहुलियतपूर्ण कर्जा योजना सञ्चालनमा ल्याएको छ। सरकारले ल्याएकाे सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधिअनुसार विपन्नवर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमकालागि सहुलियत प्रदान गर्ने उदेश्यले एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत “एनएमबि सहुलियतपूर्ण कर्जा”  संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

योजनाअनुसार लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरु लक्षित छन्, जसअन्तर्गत सात प्रकारका कर्जाहरु विना धितो प्रदान गरिने कम्पनीले जनाएको छ। साथै उक्त कर्जाहरु सहुलियत पूर्ण ब्याजदरमा उपलब्ध गराउने बैंकले जनाएको छ। बैंकले व्यवसायिक कृषि तथा पशुपञ्छी, शिक्षीत युवा स्वरोजगार, वैदेशिक रोजगारबाट फर्केका युवाका लगि परियोजनामा कर्जा दिने गरी यो योजना ल्याएको बैंकले जनाएको छ। कार्यविधिमा समेटिएका  दलित समूदाय व्यवसाय विकास कर्जा भूकम्प पीडित निजी आवाश निर्माण कर्जा र महिला उद्यामशीलता कर्जा पनि सहूलियतपूर्ण व्याजमा उपलब्घ गराइने बैंक द्वारा जारी विज्ञप्तीमा उल्लेख छ। 

उपरोक्त कर्जाका अतिरिक्त कृषि पेशामा संलग्नमहिलाहरुलाई लक्षित गरी एनएमबि बैंकले बैंकिङ्ग क्षेत्रमानौलो “अग्रणी महिला कृषिकर्जा” पनि संचालनमा ल्याएको जनाइएको छ। जसअन्तर्गत उत्पादन लागतमा आधारित रही १५ लाख रुपैयाँसम्मको कर्जा महिला कृषकहरुले  प्राप्त गर्न सक्नेछन ।

प्रकाशित: २ पुस २०७५ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App