१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कपडा तस्कर पक्राउ

रौतहट - रौतहटमा सशस्त्र प्रहरीले दुईजना कपडा तस्करलाई पक्राउ गरेको छ। सिमावर्ती भारतीय बजारबाट बाराको कर्चोवा नाका हुँदै रौतहटतर्फ तस्करी गरी ल्याउने क्रममा गस्तीमा खटिएको सशस्त्र प्रहरीले मौलापुर नगरपालिका १ बाट ठुलो परिमाणमा मोटरसाइकलमा लोड गरिएको कपडा सहित दुईजनालार्इ पक्राउ गरेकाे हाे।

सिमावर्ती भारतको घोडासहान बजारबाट अवैध रुपमा राजश्व छली गरेर नम्बर प्लेट नभएको मोटरसाइकलमा कपडा ल्याउँदै गरेको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बलको ११ नम्बर गण रौतहटबाट खटिएको टोलिले बौधीमाइ नगरपालिका १ अजगैवीका ४० बर्षीय छोटेलाल पटेल र १९ बर्षीय कृष्णन्दन पटेललाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरिक्षक डिएसपी शशी पाण्डेले जानकारी दिए। बरामद गरिएको अवैध कपडा करिब एक लाख ३३ हजार मुल्य बराबरको रहेको प्रहरीले बताएकाे छ।

यसैबीच जिल्ला प्रहरी कार्यालय रौतहटले गत साउन देखि हालसम्म १ करोड २२ लाख ४० हजार ९१४ रुपैयाँ मूल्य बराबरको अवैध मालसामान सहित १२ जना तस्करहरुलाई विभिन्न मितिमा पक्राउ गरि गौर भन्सार कार्यालयमा बुझाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले सिमावर्ती क्षेत्रबाट हुने तस्करीको कारण राजस्व चुहावट हुनुका साथै राज्यमाथि आर्थिक भार परिरहेकोले उक्त कार्यलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानहरुमा चेकजाँच गर्ने गरेकाे बताए।

 

प्रकाशित: २ पुस २०७५ १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App