१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी, ७ जना पक्राउ

काठमाडौं– राजधानीको चक्रपथ रुटमा चल्ने सार्वजनिक सवारीमा पाकेट मार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

विगत ५ महिनादेखि सांकेतिक भाषा बोलेर चक्रपथ रुटमा सार्वजनिक यातायातका साधनमा पाकेटमारी गर्दै आएका पाकेटमारी नाइके मास्टर भनिने पूर्णबहादुर बस्नेतसहित ७ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्। 

उनका अनुसार महाराजगञ्ज प्रहरी वृत्त र गोगंबु प्रभागबाट सादा पोशाकमा प्रहरी परिचालन गरी पाकेटमार गिरोहलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरुको  कोठा खान तलासी गरी प्रहरीले नगद ७० हजार, भारु ५५ सय, विभिन्न कम्पनीका ३० वटा मोबाइल र लागुपदार्थ समेत बरामद गरेको छ। 

प्रकाशित: २ पुस २०७५ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App