१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा दुईको मृत्यु

चितवन - दुई फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा हाईसले ठक्कर दिँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ। बा ३ ख ३८ नम्बरको हाइसको ठक्करबाट घाइते भएकी बालिकालार्इ उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। हाईस र हाईसका चालकका प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा भारतीय ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।काठमाडौँबाट भारत जान लागेको टिएन८८ ए २३१६ नम्बरको ट्रकको ठक्करबाट अन्दाजी ३० वर्षका पुरुषको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। सोमबार बिहान करीब तीन बजे भएको दुर्घटनामा घाइते भएका नाम नखुलेका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: २ पुस २०७५ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App