२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इन्जिनियर्स एशोसिएशनमा प्रगतिशील समूह विजयी

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएशनको ३२औं कार्यकारिणी समिति निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहको प्यानल विजयी भएको छ। 

शुक्रवार प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कार्यकारिणी समितिका १८ पदका लागि भएको निर्वाचनको मतपरिणाम सोमवार अपराह्न सार्वजनिक भएको छ। मतपरिणामअनुसार लोकतान्त्रिक समूहका प्रा हिरेन्द्रमान शाक्यलाई ४१३ मत अन्तरले पराजित गर्दै अध्यक्षमा प्राडा त्रिरत्न बज्राचार्य निर्वाचित भएका छन्।

अन्य सबै पदाधिकारी र बहुमत सदस्यहरुमा पनि प्रगतिशील प्यानल विजयी भएको इन्जिनियर सञ्जिव रोकाहाले जानकारी दिए। उनका अनुसार उपाध्यक्षमा  आषिश घिमिरे, महासचिवमा छविलाल पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामइकवाल यादव, सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठ निर्वाचित भएका छन्। 

निर्वाचनमा लोकतान्त्रिक समूहबाट इञ्जिनियर प्रा शाक्यसहित उपाध्यक्षमा डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्युलाल सिंह, उपमहासचिवमा  अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सह कोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा थिए।

प्रकाशित: २ पुस २०७५ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App