१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

शृंखला खतिवडा भन्छिन्, देशलाई चिनाउन लागिरहन्छु

भक्तपुर– मिस नेपाल २०१८ श्रृंखला खतिवडाले संसारसामु नेपाललाई चिनाउन जीवनभर आफू लागिरहने प्रतिवद्धता जनाएकी छिन्। चीनमा भएको मिस वर्ल्डमा नेपालको तर्फबाट सहभागी भई उत्कृष्ट १२ औं स्थान सुरक्षित गरेर आउन सफल मिस नेपाल २०१८ श्रृंखलाले त्यहाँं पनि आफूले आफूलाई भन्दा देशलाई चिनाउन प्रयास गरेको बताइन्। ‘मिस वर्ल्डमा सहभागी भएपछि मात्रै होइन, अब म जीवनभर हाम्रो देश नेपाललाई संसारभर चिनाउन लागिपर्ने प्रतिबद्धता जनाउन चाहन्छु’, आइतबार उनलाई बधाई दिन भक्तपुरमा आयोजित बधाई कार्यक्रममा सहभागी श्रृंखलाले भनिन्, ‘हालै चीनमा भएको मिस वर्ल्डमा पनि मलाई धेरैले मिस श्रृंखला भनेर भन्दा पनि नेपाली भनेर चिने।’

चीनमा भएको मिस वर्ल्डमा नेपालको तर्फबाट प्रतिस्पर्धी उनले मिस वल्र्ड अन्तर्गत मल्टिमिडियाका दुई वटा अवार्ड हात पारेकी थिइन्। खतिवडाले ब्यूटी विद अ पर्पज र मल्टी मिडियाको दुई वटा अवार्ड हात पारेकी थिइन्। आफ्नो सफलताको आधार व्युटी विद पर्पाेज (उद्देश्यसहितको सौन्दर्य) रहेको बताउने उनले मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा गोर्खा इको प्यानलको प्रयोग गरी बनाइरहेको स्वास्थ्य चौकी भबनलाई वृतचित्र बनाई लगेकी थिइन्। आफ्नो पहलमा स्वास्थ केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाको उपचारमा सहयोग पु-याएको अभियानलाई उनले बृतचित्रमा समेटेकी थिइन्।

व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन्। पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन्। 

श्रृंखलाले भविष्यमा आर्किटेक्ट क्षेत्रलाई पनि निरन्तर अगाडि वढाएर लाने जनाइन्। आफूले चेपाङहरुलाई लक्षित गरी चेपाङ बस्तीमा बनाइराखेको स्वास्थ्य चौकी भबनको निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उनले आगामी दिनमा पनि आफ्नो योजनामा सहयोगको आशा राखिन्। 

ब्युटी विद पर्पोजका लागि भूकम्पपछिको पुनर्निर्माणलाई मुख्य विषय बनाएकी उनी  आर्किटेक्ट इन्जिनियरसमेत हुन्। यही मंसिर २२ गते शनिवार ९ डिसेम्बरका दिन चीनको सान्यामा सञ्चालन भएको मिस वल्र्ड २०१८ मा सहभागी संसारका प्रतिस्पर्धी सुन्दरीहरुमाझ उनले चर्चा कमाएकी थिइन्। प्रतियोगितामा विश्वभरका १ सय २० वटा देशहरुका सुन्दरीहरुले सहभागिता जनाएको बताइएको छ।

नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलकी ब्राण्ड एम्वेसडर उनलाई त्यही कम्पनीले आफनो केन्द्रिय कार्यालय मध्यपुर नयाँं थिमि चोक भक्तपुरस्थित केन्द्रिय कार्यालयमा एक कार्यक्रमवीच वधाई ज्ञापन कार्यक्रम गरेका थियो। 

प्रकाशित: १ पुस २०७५ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App