१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सम्राट आइयूको ‘प्रतिष्ठित प्रोफेसर’

काठमाडौं – अमेरिकाको इन्डियाना युनिभर्सिटी(आइयू)ले लेखक तथा युनिभर्सिटीको अंग्रेजी विभागका मानविकी संकाय अन्तर्गत मार्था सी क्राफ्ट प्रोफेसर सम्राट उपाध्यायसहित १० जनालाई ‘प्रतिष्ठित प्रोफेसर’ पदमा नियुक्त गरेको छ। यो पद शोधकर्ता र विद्वान वर्गका लागि युनिभर्सिटीको उच्चतम शैक्षिक श्रेणी हो। युनिभर्सिटीको गत डिसेम्बर ६ मा बसेको आइयू बोर्ड अफ ट्रस्टिसको बैठकले युनिभर्सिटीका यी १० विभागीय सदस्यलाई ‘प्रतिष्ठित प्रोफेसर’का रुपमा नियुक्त गरेको हो।

आख्यान लेखक उपाध्यायका उपन्यास र लघुकथाको कृति प्रकाशित छन्। उनको लेखनमा नेपाली राजनीति र सामाजिक मुद्धा पाइन्छन्। उनले ‘एरेस्टिङ गड इन काठमाडौं’, ‘दी रोयल घोस्ट’, ‘दी गुरु अफ लभ’ पुस्तक लेखेका छन्। उनको पुस्तक ‘एरेस्टिङ गड इन काठमाडौं’ले ‘ह्वाइटिङ अवार्ड’, ‘दी रोयल घोस्टस्’ले ‘एसियन अमेरिकन लिटरेरी अवार्ड’ र ‘सोसाइटी अफ मिडलेण्ड अर्थस् अवार्ड’ तथा सन् २००६ दी वासिङटन पोस्टबाट ‘दी वेस्ट फिक्सन’ बनेको थियो। उनको पुस्तक ‘दी गुरु अफ लभ’ वेल्टेम्पफेंगरको अफ्रिकन, एसियन र ल्याटिन अमेरिकनमा उत्कृष्ट सूचीमा परेको थियो। उनले पचास बढी निबन्धसँगै पाँच कविता संग्रह पनि लेखेका छन्।

सम्राटले एसोसिएसन अफ नेपालिज इन दी अमेरिकाबाट ‘मेकिङ आवर मार्क अवार्ड’ र साउथ एसियन लिटरेरीबाट ‘क्रिएटिभ राइटिङ अवार्ड’ पनि पाएका थिए।

नियुक्त भएकामा ज्याकोब स्कुल अफ म्यूजिकका रुडी प्रोफेसर अर्नाल्डो कोहेन छन् भने पाँच प्रोफेसर कलेज अफ आर्टस् एण्ड साइन्सका छन्। पाँच प्रोफेसरमा एन्थ्रोपोलोजीका इडुआर्डो एस ब्रोनडिजिओ, आर्नोल्ड एण्ड मेक्सिन टेनिस  चेयर अफ हिस्ट्री र फिलोसोफी अफ साइन्स एण्ड मेडिसिनका एलिजावेथ ए ल्योर्ड, लिण्डा एण्ड ज्याक गिल चेयर अफ न्यूरोसाइन्स र साइकोलोजिकल एण्ड ब्रेन साइन्सका प्रोफेसर केनेथ पी मेकी, एस्ट्रोनोमकी डेनियल किर्कवुड चेयर तथा प्रोफेसर केथरिन ए पिलाचोस्की छन्।

त्यस्तै स्कुल अफ पब्लिक एण्ड इन्भारोमेन्टल अफेयर्स तथा लिली फेमिली स्कुल अफ फिलान्थ्रोपीका इफ्रोइमसन चेयर क्रिस्टिन एक ग्रोनबजर्ग, स्कुल अफ मेडिसिनबाट इन्डोक्रिनोलोजी एण्ड मेटाबोलिज्मका जुनियर प्रोफेसर माइकल जे इकोन्स, मेडिसिन एण्ड एनाटोमी एण्ड सेल बायोलोजीका प्रोफेसर सेरोन एम एमओइ र रोबर्ट ए ह्यारिस प्रोफेसर अफ बायोक्यामेस्ट्री एण्ड मोलिकुलर बायोलोजीका माइकल ए विइस छन्।

‘इन्डियाना युनिभर्सिटीको प्रतिष्ठित प्रोफेसर, विद्वान र शोधकर्ताहरू आफ्ना साथीमाझ संसारको सबैभन्दा राम्रो ठाउँका मानिसहरू हुन् भनेर चिनिन्छन्’,आइयूका अध्यक्ष माइकल ए म्याकरोबीले भने,‘यी उल्लेखनीय महिला तथा पुरुषले उनीहरूको शिक्षा, खोज र नेतृत्वको सिकाईले हाम्रा विद्यार्थीहरूलाई विश्वकै उच्च तहसम्म पु-याउन सहयोग गर्नेछन् भन्नेमा आशावादी छौं। यो श्रेणी सबैभन्दा उच्च प्रशंसा गरिएको र आइयू संकायको आरक्षितका लागि मात्र राखिएको छ। हाम्रो १० हजार संकायमध्ये सय भन्दा कममा मात्र प्रतिष्ठित प्रोफेसरका रुपमा प्राध्यापकलाई राखिएको छ।’ यी १० प्रोफेसरलाई आगामी वर्षको मार्च १८ मा सम्मान गरिनेछ।

 

 

प्रकाशित: १ पुस २०७५ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App