१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वित्तीय प्रणालीमा स्थायित्व आएको छ : अर्थमन्त्री

फाइल तस्बिर

बनेपा - अर्थमन्त्री डा. युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन्। शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै खतिवडाले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहुँच पुर्याउन आवश्यक रहेको बताए।

समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सवलीकरणमा पहुँच र आयआर्जनबाट उत्पादन शक्तिमा पुग्न आवश्यक रहेको अर्थमन्त्रीको भनाइ थियो। उनले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा सम्पूर्ण वित्तीय कारोवार गर्ने गैरसरकारी संस्थालाई लघुवित्त वित्तीय संस्थामा आउन आह्वान गरेको चार वर्षपछि नौ संस्था रुपान्तरण भएको र १६ संस्था बाँकी रहेको बताए।रासस

प्रकाशित: २८ मंसिर २०७५ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App