१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मिलेनियम ट्रेक’ सूचारू गरिँदै

पोखरा–पछिल्लो समय पदमार्गहरू छोटिने क्रम बढिरहेकोमा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ‘मिलेनियम ट्रेक’को पुनः जागरणको प्रयास सुरु भएको छ। मध्य पहाडी क्षेत्रको झण्डै ७२ किमी लम्बाइको यो पदमार्ग सन् २००० मा सुरु भए पनि ओझेलमा पर्दै आएको थियो। 

नेपालमा मध्य पहाडी क्षेत्रमा पहिलो पदयात्रा मार्गका रूपमा रहेको यस पदमार्गको पर्याप्त सम्भावना रहे पनि अझै ओझेलमा परिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए। उनका अनुसार ४२० मिटरदेखि एक हजार ७१५ मिटरसम्म उचाइमा रहेको पदयात्रा मार्गमा तनहुँ र स्याङजाका साविक २२ गाविस पर्दछन्। पदयात्रा मार्गको विकासलाई लक्षित गरी उक्त क्षेत्रमा चारवटा रिसोर्ट बन्न लागेका छन् भने १३ वटा स्थानमा घरवास कार्यक्रम सञ्चालन गरिएको छ। यसैबीच पदयात्रा मार्गको पुनः जागरणको लक्ष्यका साथ आजदेखि सञ्चारकर्मीसहितको पदयात्रा प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ।

 

प्रकाशित: २८ मंसिर २०७५ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App