१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महेन्द्रनगरमा गण्डकी विकास बैंक

काठमाडौं - गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा शाखा खोलेको छ। प्रदेश ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले उक्त शाखा उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहोराले बैंकले यस क्षेत्रका निम्न वर्गीय जनतालाई लक्ष्य गरी सेवा प्रदान गर्दै सा–साना बचतकर्तासम्म पुग्न सकोस् भन्ने कामना गरे। 

बैंकका सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द, उद्योग वाणिज्य संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष जितजंग मल्लले शुभकामना मन्तव्य राखेको बैंकले जनाएको छ। 

उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा एवं बैंकका गतिविधिबारे बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी गराएका थिए। 

बैंकले सातवटै प्रदेश, हिमाल, पहाड, तराईका ग्रामीण एवं नगर क्षेत्रमा शाखा सञ्जाल विस्तार गरी वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले आकर्षक ब्याजदरमा निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, सी–आस्बा, आइपिएस, मोबाइल बैंकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालीन सेवा पनि प्रदान गर्दै आएको जनाएको छ।

बैंकले आर्थिक वर्ष २०७५/०७६ को प्रथम त्रैमासमा सञ्चालन मुनाफा १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जातर्फ २१ अर्ब २४ करोड पु-याएको छ। साथै बैंकको निस्क्रिय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २८ मंसिर २०७५ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App