१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सत्र प्रतिशतले बढ्यो पर्यटक आगमन

काठमाडौं–  सन् २०१८मा गत नोभेम्बरसम्म नेपालमा पर्यटक आगमन हालसम्मकै उच्च पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ। जनवरीदेखि नोभेम्बरसम्म नेपालमा १० लाख १ हजार ९३० जना विदेशी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

बोर्डले यसलाई ऐतिहासिक उपलब्धी भनेको छ। यो संख्या अघिल्लो वर्ष सन् २०१७को भन्दा १७ प्रतिशतले बढी हो। यो तथ्यांकमा अक्टोबर र नोभेम्बरमा पैदलमार्गबाट आएका पर्यटकको संख्या सामेल छैन । यो संख्या पनि जोड्दा जनवरीदेखि नोभेम्बरसम्ममा नै करिब २३ प्रतिशत वृद्धि देखिने बोर्डको आंकलन छ। 

गएको ११ महिनामा भारतबाट मात्रै २ लाख ६० हजार पर्यटक आएका छन्। यस्तै यसअवधिमा  १ लाख ३४ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । थाइल्याण्ड, जापान र उत्तर कोरियाबाट नेपाल आउने पर्यटकको संख्या पनि ठूलो छ।

युरोप अमेरिकाबाट पनि नेपाल आउने पर्यटकको संख्या बढ्दो छ । बोर्डका अनुसार त्यहाँका २ लाख २४ हजार पर्यटकले पनि यो अवधिमा नेपालको भ्रमण गरेका छन् । ८२ हजार ८ सय अमेरिकन र ३३ हजार ५ सय अष्ट्रेलियन पनि नेपाल भित्रिएका थिए। 

बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी यो उपलब्धीलाई ऐतिहासिक सफलता भन्दै सबैको संयुक्त प्रयासले यो उपलब्धी हासिल भएको जनाए। उत्साहजनक यो आगमनले नेपालले सन् २०२०मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको नेपाल भ्रमण वर्ष सफलताका लागि आधार मिलेको उनकाे भनाइ छ।

 

प्रकाशित: २७ मंसिर २०७५ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App